साप्ताहिक राशिफल

gyan

जय हिन्दु राष्ट्र नेपाल
नेपाल हिमाल पहाड तराई कोहि छैन पराई
जय नेपाल
साप्ताहिक राशिफल
मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
प्रियजनसँगगको भेटघाटले साता रमाइलाे रहनेछ,भौतिक साधन जुट्नाले काममा उत्साह जाग्नेछ,बलजफ्ती गर्दा हानि हुन सक्छ, आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला,अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले काम रोकिन सक्छ, केही समय धैर्य गर्नुहाेला,प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिस्पर्धीहरूलाई सजिलै हराउन सकिनेछ,व्यापार र उद्योगमा फाइदा हुनेछ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)–
परिस्थितिले विशेष अवसर दिलाउन सक्छ, काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ,सोमबारपछि भने परिवारमा असमझदारी बढ्नाले अवसर गुम्न सक्छ,आफ्नाबाटै धाेका हुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
लगनशीलताले प्रतिष्ठित काम गर्ने अवसर दिलाउनेछ,काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्,रमाइलो जमघटका बीच विशेष उपहार तथा स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ, विवादमा परिने योग छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
प्रारम्भमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ,मेहनत गर्दा अवसर भने पाइनेछ, सोमबारदेखि घरखर्च बढ्नेछ भने आर्थिक अभावले सताउन सक्छ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
प्रारम्भमा स्वास्थ्य कमजोर रहे पनि मेहनत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ,समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ,समुदायको हक हितको संरक्षण हुने काम गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुने समय छ, प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ,रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ,खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ,प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे हुनेछ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
प्रारम्भमा काम बिग्रने भयले सताउनेछ,शुभचिन्तकहरूकाे सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ,अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्,पढाइलेखाइमा ध्यान केन्द्रित नहुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
प्रारम्भमा बाेली–व्यवहारमा हाेस नपुग्दा विवाद उत्पन्न हुन सक्छ,सानाे त्रुटिले काममा समस्या निम्त्याउन सक्छ,मंगलबार र बुधबार लगनशीलताले मनग्य आम्दानी दिलाउनेछ,पुरुषार्थ देखाएरै काम लिन सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
खर्च बढ्नाले अर्थ संकट देखा पर्न सक्छ,रोकिएका काममा दोहोर्याएर प्रयास गर्नुहोला,सहनशीलतामा कमी देखिए पनि मेहनत गर्दा लक्ष्य प्राप्त हुनेछ,विशेष जमघटले फाइदा दिदाउनेछ, प्रतिष्ठित काम प्रारम्भ गर्ने अवसर जुट्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ,काम देखाएर उपलब्धि हातपार्ने समय छ,प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ, विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ,विशेष जिम्मेवारी वहन गर्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
प्रारम्भमा अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला,ईर्ष्या गर्नेहरू बढ्नेछन् भने विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउलान्,काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ, अरूका लागि समय खर्चनुपर्ला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *