साप्ताहिक राशिफल

Brahman as per Buddha w2

जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पढाई लेखाइमा सुधार आउनेछ,साहित्यिक लेखनमा समय व्यतित हुनेछ,रमाइलो भेटघाट हुनेछ भने विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन,सन्तान सुख बैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
फलदायी समय रहनेछ,राजनीतिक तथा सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ,दुख र चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ,पराक्रमी काममा चित्त लाग्नेछ,धन सम्पति संचय गर्ने अवसर मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना देखिएता पनि समय निकै फलदायी हुनेछ,नोकरी तथा ब्यबासयिक सफलताले नंया उचाई लिनेछ, प्रतिष्ठित काममा सरिक हुने अवसर मिल्नेछ,मनोरन्जनात्मक भेटघाटमा बेस्त भइने छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य फलदायी देखिन्छ, सवारी साधनको प्रयोग गर्दा निकै चनाखो रहनु पर्ने देखिन्छ,अंग भंग जस्ता ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,सामाजिक सेवामा गति बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक हिसाबले समय बलबान रहनेछ,लगानी गर्नु पूर्व पूर्ण जानकारी लिएर गर्नु भएमा अझ बढी सफलता हाल लाग्नेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा खराब बिचार आउनाले तनाव हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीमा आउने खराबी र रिसको मात्रामा बढ़वा आउनाले आफन्त संगको सम्बन्धमा तिक्तता आउन सक्छ,विभिन्न धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,राज्य पक्षबाट विस्वासिलो व्यक्तिको उपाधि मिल्ने योग रहेकों छ ।

तुला(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा क्रमश सुधारको संकेत देखिनेछ,रोकिएका काममा सफलता हात लाग्नेछ,विदेश यात्रा गर्ने उचित अवसर मिल्नेछ,नंया ज्ञान आर्जन गर्ने अवसर पनि मिल्नेछ भने बालबालिका संग सम्बन्धित काममा समय व्यतित हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुरुवात राम्रो हुनेछ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,धार्मिक कार्यमा समय बित्नेछ,सप्ताहान्तमा नोकरीमा पदोन्नती हुने समय छ,मान सम्मानको वृद्धि हुनेछ,अलिक खराब समय छ,दुर्घटना हुने सम्भावना छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनार्जन गर्न सकिनेछ भने आर्जित धनको संचय पनि गरिनेछ,बैदेशिक सहयोग बढे संगै,बोलीको प्रभाब बढ्नेछ,साथिहरुको सहयोग पाइनेछ भने नंया साथि संगको मित्रता सुमधुर बन्नेछ, सन्तान सुख मिल्नेछ,बिहिबार र शुक्रबार दुर्घटना हुने सम्भावना छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,समयमा सहि निर्णय लिन नसक्दा नोक्सानी व्यहोर्नु पर्नेछ,आफन्त तथा साथीभाइको सहयोगमा महत्वपूर्ण कार्य पुरा हुनेछ ।

कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
काम उत्साहित रुपमा सुरुहुनेछ,आफन्त तथा साथि भाइ संग सहयोगको आदान प्रदान गरिनेछ,प्रणय सम्बन्धमा मिठासता थपिनेछ, मनोरन्जनात्मक कार्यमा धन र समय खर्च गरिनेछ,लामो यात्राको सम्भाव्यता छ ।

मीन(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
काममा उच्चतम सफलता मिल्नेछ,सामाजिक यश र किर्तिमा वृद्धि हुनेछ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,आर्थिक अबस्थामा सुधार आउनेछ,रोकिएका कामपुरा गर्न सकिनेछ, पशुपालक कृषक बर्गको लागि फाइदाजनक समय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *