नारायण !! जय भोले बाबा !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन १४ गते,सोमबार,इश्वी सन् २०१८ जुलाई ३० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन,वर्षा ऋतु, नेपाल संवत् ११३८ दिल्लागा, श्रावण कृष्णपक्ष,तिथि– तृतीया, २९:५८ बजेउप्रान्त तृतीया,नक्षत्र– धनिष्ठा, ५:३४ बजेउप्रान्त शतभिषा,योग– सौभाग्य, १३:४७ बजेउप्रान्त शोभन, करण– वणिज, १७:१६ बजेदेखि भद्रा, २९:०८ बजेउप्रान्त भद्रा,आनन्दादिमा शुभ योग,चन्द्रराशि– कुम्भ, सूर्योदय– ५:२६ बजे, सूर्यास्त– १८:५३ बजे र दिनमान ३३ घडी ३६ पला। पञ्चक।
भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन २२ गते। मंगलबार। इश्वी सन् २०१८ अगस्ट ७ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ दिल्लागा,श्रावण कृष्णपक्ष,तिथि– एकादशी, २५:१९ बजेउप्रान्त द्वादशी,नक्षत्र– रोहिणी, ९:३३ बजेउप्रान्त मृगशिरा, योग– व्याघात, २५:३७ बजेउप्रान्त हर्षण,करण– वव, १४:२१ बजेदेखि वालव, २५:१९ बजेउप्रान्त कौलव,आनन्दादिमा मातंग योग, चन्द्रराशि– वृष, २०:५७ बजेउप्रान्त मिथुन,सूर्योदय– ५:३० बजे, सूर्यास्त– १८:४७ बजे र दिनमान ३३ घडी ११ पला।वर्त/पर्व- कामिका एकादशी व्रत। द्विपुष्कर योग २५:१९ बजे उप्रान्त।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
राम्रो दिन छ ,साथीभाईसँग मिलेर कुनैपनि काम अघि बढाउदैँ हुनुहुन्छ भने समस्या आउन सक्छ ,आजको शुभ अंक -५ रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)–
दिन ठिकै छ, बन्न लागेका कामहरु रोकिने वा बिग्रने सम्भावना छ, निलो रङको कुनै पनि कपडा दान गर्नुभयो भने तपाईलाई राम्रो हुनेछ , आजको शुभ अंक-६ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)–
तपाईको लागी आजको दिन एकदम राम्रो छ,बिभिन्न खालका अवसरहरु आउनसक्ने सम्भावना छ,आजको शुभ अंक – ४ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
आजको दिन सामान्य छ, बिशेष गरी आजको दिनमा बिदेशको कामकारोबार गर्दा राम्रो छ, आजको शुभ अंक -७ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
राम्रो दिन छ, साथीभाईसँग मिलेर कुनैपनि काम अघि बढाउदैँ हुनुहुन्छ भने समस्या आउन सक्छ ,आजको शुभ अंक – १० रहेकोछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)–
शिक्षासँग सम्बन्धित क्षेत्रमा सफलताको योग छ, साथै सामाजिक क्षेत्रमा पनि मानसम्मानको योग छ,आजको शुभ अंक- १२ रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सरसामान हराउने, चोरी हुने सम्भावना छ त्यसैले साबधान रहनुहोला,बोलीमा विचार गर्नु होला,आजको शुभ अंक- ९ रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–
मुद्दामामलाका कुराहरु आईलाग्नसक्नेछन्,साथीहरुसँगको सम्बन्ध पनि त्यति राम्रो हुने छैन,आजको शुभ अंक- १ रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)–
आजको दिन राम्रो छ,बिशेषगरी आज हरियो रङ्गको प्रयोग गर्नुभयो भने राम्रो हुनेछ, आजको शुभ अंक – ६ रहेको छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)–
सरकारी क्षेत्रबाट मानसम्मान मिल्ने योग छ,चोटपटक लाग्ने सम्भावना बढ्दो छ त्यसैले साबधान रहनुहोला, आजको शुभ अंक- ५ रहेको
छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)–
दिन सामान्य छ, आजको दिन परिवारसँग बिताउँदा नै राम्रो हुनेछ ,आर्थिकमा सफल भइनेछ ,आजको शुभ अंक- ८ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)–
कुनै पनि जग्गा जमिन सँग सम्बन्धित वा धनसँग सम्बन्धित कामहरु गर्दै हुनुहुन्छ,आजको शुभ अंक- ११ रहेको छ ।
तन्त्र,मन्त्र,यन्त्र,ज्योतिष तथा वास्तु विज्ञान सेवा बाट कुनै पनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१
Discussion about this post