सोमबारको राशिफल

नारायण !! जय भोले बाबा !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन २८ गते,सोमबार,इश्वी सन् २०१८ अगस्ट १३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,वर्षा ऋतु, नेपाल संवत् ११३८ गुँलाथ्व, श्रावण शुक्लपक्ष,तिथि– द्वितीया, ११:१३ बजेउप्रान्त तृतीया, नक्षत्र– पूर्वफाल्गुनी, २३:०१ बजेउप्रान्त उत्तरफाल्गुनी, योग– परिघ, ७:४७ बजेदेखि शिव, २९:०५ बजेउप्रान्त सिद्ध,करण– कौलव, ११:१३ बजेदेखि तैतिल, २२:१२ बजेउप्रान्त गर, आनन्दादिमा ध्वज योग,चन्द्रराशि– सिंह, २८:४४ बजेउप्रान्त कन्या, सूर्योदय– ५:३३ बजे, सूर्यास्त– १८:४२ बजे र दिनमान ३२ घडी ५१ पला। वर्त/पर्व-वराहजयन्ती।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन २९ गते,मंगलबार,इश्वी सन् २०१८ अगस्ट १४ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर, दक्षिणायन,वर्षा ऋतु, नेपाल संवत् ११३८ गुँलाथ्व,श्रावण शुक्लपक्ष, तिथि– तृतीया, ९:१५ बजेउप्रान्त चतुर्थी,नक्षत्र– उत्तरफाल्गुनी, २१:५९ बजेउप्रान्त हस्त, योग– सिद्ध, २६:३९ बजेउप्रान्त साध्य, करण– गर, ९:१५ बजेदेखि वणिज, २०:२३ बजेउप्रान्त भद्रा,आनन्दादिमा धाता योग, चन्द्रराशि– कन्या, सूर्योदय– ५:३४ बजे, सूर्यास्त– १८:४१ बजे र दिनमान ३२ घडी ४८ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
शैक्षिक क्षेत्रमा प्रगति हुनेछ,नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ,परिवारको सहयोग मिल्नेछ,खिन्नताले सताउनेछ,राजनीतिक विवादको सामना गर्नुपर्ला,आजको शुभ अंक ८ रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
आयआर्जनमा सन्तुष्टि मिल्नेछ,राजनीतिक अन्योलले निराश बनाउनेछ, न्यायिक कार्यबाट सफलता मिल्नेछ,स्वास्थ्यसम्बन्धी समस्याले सताउला,आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का, कि,कु, घ, ङ , छ, के, को, ह)–
व्यापार–व्यवसायमा लाभ मिल्नेछ,तरल पदार्थको किनबेच गरिएला,कला साहित्य संगीतप्रति चासो बढ्नेछ,विलासिताका सामान खरीदविक्री गरिनेछ, आजको शुभ अंक १ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
आफन्तबाट सहयोग पाइनेछ,द्विविधा बढ्नेछ,अनावश्यक खर्च बढ्लला,चिन्ताले सताउला, सामाजिक मानसम्मानमा आघात पर्ने देखिन्छ,आजको शुभ अंक ७ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
कूटनीतिक प्रयास सफल हुनेछन् ,सामाजिक क्षेत्रमा मानसम्मान मिल्नेछ ,रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ,जग्गाजमिन अचल सम्पत्ति खरिदविक्रीको गर्ने योग छ,आजको शुभ अंक ५ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
विशिष्ट व्यक्तिको सहभागितामा नयाँ कार्य गर्ने अवसर मिल्नेछ,कर्मप्रतिको आस्था बढ्नेछ,व्यापार–व्यवसायमा सफलता प्राप्ति हुने देखिन्छ,आफन्तको सहयोग पाउनुहुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
उद्योग कल–कारखानामा लगाएको लगानीबाट सफलता मिल्नेछ, सन्तानसुख र आफन्तको सहयोगको मिल्नेछ,शैक्षिक क्षेत्रमा सफलताको योग देखिन्छ, आजको शुभ अंक २ रहेको छ ।

वृश्चिक(तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
काममा जस पाइनेछ,मान्यजन तथा आफन्तको सहयोग मिल्नेछ,सामाजिक दायित्व बढ्ने देखिन्छ,राजनीतिक अन्योल यथावत् रहनेछ,आजको शुभ अंक ६ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
अध्ययन–अध्यापनमा राम्रो उन्नति हुनेछ,सांस्कृतिक कार्यमा सहभागिताको अवसर मिल्नेछ,खिन्नता बढ्नेछ, राजनीतिक असमझदारीको सामना गर्नुपर्ने योग छ,आजको शुभ अंक ९ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
खानपिनमा अरुचि बढ्ला,स्वास्थ्यमा समस्या देखिएला,पारिवारिक सम्बन्धमा सुधारको संकेत देखिन्छ,कला संगीत साहित्य सिर्जनामा सहभागिताको अवसर जुट्नेछ,आजको शुभ अंक ११ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
मान्यजनबाट प्रशस्त सहयोग पाउनुहुनेछ,न्यायिक कार्यमा विवाद उत्पन्न हुनेछ,सामाजिक दायित्वबोधको अनुभूति हुनेछ,आजको शुभ अंक ४ रहेकोछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
मित्रसँग मनोमालिन्य बढ्नेछ,अध्ययनमा सफलता प्राप्त हुनेछ,वैचारिक तर्क शक्तिको विकास हुनेछ,सामाजिक दायित्व थपिनेछ ,आजको शुभ अंक १० रहेको छ ।

तन्त्र,मन्त्र,यन्त्र,ज्योतिष तथा वास्तु विज्ञान सेवा बाट कुनै पनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *