सोमबारको राशिफल

जय गुरु देव !! नारायण !! जय भोले बाबा !!  जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज १ गते, सोमबार,इश्वी सन् २०१८ सेप्टेम्बर १७ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ ञलाथ्व,भाद्र शुक्लपक्ष,तिथि– अष्टमी, १९:२९ बजेउप्रान्त नवमी, नक्षत्र– ज्येष्ठा, ८:०४ बजेउप्रान्त मूल,योग– आयुष्मान्, २७:०७ बजेउप्रान्त सौभाग्य,करण– भद्रा, ६:५१ बजेदेखि वव, १९:२९ बजेउप्रान्त वालव,आनन्दादिमा पद्म योग,चन्द्रराशि– वृश्चिक, ८:०४ बजेउप्रान्त धनु,सूर्योदय– ५:५० बजे, सूर्यास्त– १८:०५ बजे र दिनमान ३० घडी ३७ पला,आश्विन संक्रान्ति,वर्त/पर्व-अष्टमी व्रत,गोरखकाली पूजा,काय अष्टमी,महालक्ष्मी व्रत प्रारम्भ, श्रीराधाजन्मोत्सव,कागेश्वर मेला,विश्वकर्मा पूजा,वास्तु दिवस।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २ गते,मंगलबार,इश्वी सन् २०१८ सेप्टेम्बर १८ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ ञलाथ्व,भाद्र शुक्लपक्ष,तिथि– नवमी, २१:०३ बजेउप्रान्त दशमी, नक्षत्र– मूल, १०:०३ बजेउप्रान्त पूर्वाषाढा,योग– सौभाग्य, २७:२५ बजेउप्रान्त शोभन,करण– वालव, ८:१३ बजेदेखि कौलव, २१:०३ बजेउप्रान्त तैतिल,आनन्दादिमा छत्र योग,चन्द्रराशि– धनु, सूर्योदय– ५:५० बजे, सूर्यास्त– १८:०४ बजे र दिनमान ३० घडी ३३ पला।वर्त/पर्व- अदु:ख नवमी व्रत।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ, सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,आजको शुभ अंक ३ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यास्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,वसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,आजको शुभ अंक १२ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ, रमाइलो भ्रमण सम्भावना छ,चिताएको काम समेत सम्पादन हुनेछ,पारमा विशेष लाभ लिने समय छ,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,आँटले काम लिन नसक्दा पछि परिनेछ, आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
प्रतिस्पर्धामा पनि विजयी भइनेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,चोटपटक लाग्ने,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक ८ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्, विभिन्न सहयोग र उपहार पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ, आजको शुभ अंक ११ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पढाइलेखाइमा प्रगति हुनेछ,धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला, रचनात्मक काम सुरु गर्ने मौका छ, लामो यात्राको प्रक्रिया अघि बढ्नेछ, आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,आतिथ्यपूर्ण सम्मान पाइएला,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरेलु समस्यामा अल्झनुपर्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,टाढिएका साथीभाइ नजिकिनेछन्, आजको शुभ अंक १ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *