सोमबारको राशिफल

जय गुरु देव !! नारायण !! जय भोले बाबा !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २२ गते,सोमबार,इश्वी सन् २०१८ अक्टोबर ८ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ ञलगा,आश्विन कृष्णपक्ष,तिथि– चतुर्दशी, १०:५० बजेउप्रान्त औंसी, नक्षत्र– उत्तरफाल्गुनी, १४:०० बजेउप्रान्त हस्त, योग– ब्रह्म, १८:५४ बजेउप्रान्त ऐन्द्र,करण– शकुनि, १०:५० बजेदेखि चतुष्पद, २१:५९ बजेउप्रान्त नाग,आनन्दादिमा श्रीवत्स योग, चन्द्रराशि– कन्या, सूर्योदय– ६:०० बजे, सूर्यास्त– १७:४१ बजे र दिनमान २९ घडी ११ पला। दर्श-श्राद्ध।वर्त/पर्व- औंसी श्राद्ध,पितृ विसर्जन, सोह्रश्राद्ध समाप्ति,निशि बार्ने औंसी,श्रीप्राणनाथ जन्मोत्सव।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २३ गते,मंगलबार,इश्वी सन् २०१८ अक्टोबर ९ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु,नेपाल संवत् ११३८ ञलगा,आश्विन कृष्णपक्ष,तिथि– औंसी, ९:१३ बजेउप्रान्त प्रतिपदा,नक्षत्र– हस्त, १३:०९ बजेउप्रान्त चित्रा,योग– ऐन्द्र, १६:३३ बजेउप्रान्त वैधृति,करण– नाग, ९:१३ बजेदेखि किंस्तुघ्न, २०:३३ बजेउप्रान्त वव,आनन्दादिमा सौम्य योग,चन्द्रराशि– कन्या, २४:५१ बजेउप्रान्त तुला,सूर्योदय– ६:०१ बजे, सूर्यास्त– १७:४० बजे र दिनमान २९ घडी ०७ पला।वर्त/पर्व- स्नान-दान गर्ने र हलो बार्ने औंसी,मातामह श्राद्ध,हुलाक दिवस।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
समाज सेवा तथा धार्मिक कार्यमा मन जानेछ,पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ,आजको शुभ अंक ४ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मित्र संग सोच विचार मिल्नेछ,लामो समयको प्रतिक्षा स्वरुप बनेको कामले खुसी दिने छ,आजको शुभ अंक ७ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
नयाँ अवसर प्राप्त हुन सक्छ,बोलिमा विचार पुराउनु होला,परिवारमा खुशी आउनेछ,आजको शुभ अंक ९ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अहोरात्रको मेहनतले गरिएको कार्यबाट प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रेममा सावधानी अपनाई अघि बढ्दा आफूलाई फाइदा हुनेछ,रोजगारीमा सफलता मिल्नेछ,आजको शुभ अंक २ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दुविधा हुँदाहुँदै पनि उचित मार्ग पहिचान गर्न सकिनेछ,उत्साहपूर्वक कार्य सम्पन्न हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
भविष्यको चिन्ताले सताउन सक्छ,सुखले मात्र ढुक्क हुन नसकिएला,प्रेममा अविश्वास जाग्न सक्छ,आजको शुभ अंक १ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
बोलीमा मधुरता देखिने छ,ठूलो लगानी गरी व्यवसाय सुरुवात गर्न साझेदारहरूबीच मत मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
आर्थिक संकट सिर्जना गर्न सक्छ,ज्ञानको दायरा फराकिलो बनाउन एकाग्रतामा जोड दिनुहोला,आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अनावश्यक विवाद नगर्दा आफ्नै भलो हुनेछ,लामो वहसले सिर्जना गरेको निस्कर्ष मात्र दिगो हुनेछ,आजको शुभ अंक ३ रहेको ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हेक्का राखी अवसरलाई चुनौतीका रूपमा शिरोधार्य गर्नुहोला,विश्वासको वातावरण कमजोर रहने छ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अवरोध तथा कठिनाइ महसुस होला,कार्यव्यस्तताबीच घरपरिवारका लागि पनि समय दिनुहोला,आजको शुभ अंक १० रहेको छ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *