सोमबारको राशिफल

जय गुरु देव !! नारायण !! जय माँ दुर्गा !! जय भोले बाबा !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक १९ गते,सोमबार,इश्वी सन् २०१८ नोभेम्बर ५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ कौलागा,कार्तिक कृष्णपक्ष,तिथि– त्रयोदशी, २३:२० बजेउप्रान्त चतुर्दशी,नक्षत्र– हस्त, २१:०६ बजेउप्रान्त चित्रा,योग– विष्कम्भ, २३:३० बजेउप्रान्त प्रीति,करण– गर, १२:०४ बजेदेखि वणिज, २३:२० बजेउप्रान्त भद्रा,आनन्दादिमा वज्र योग,चन्द्रराशि– कन्या, सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १७:१५ बजे र दिनमान २७ घडी २४ पला। वर्त/पर्व-सोम–प्रदोष व्रत, यम–पञ्चक (तिहार) प्रारम्भ,यमदीप–दान,धन–त्रयोदशी,धन्वन्तरीजयन्ती,धनतेरस -धनत्रयोदशी),कागतिहार,काकबलि।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक २० गते। मंगलबार,इश्वी सन् २०१८ नोभेम्बर ६ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु,नेपाल संवत् ११३८ कौलागा,कार्तिक कृष्णपक्ष, तिथि– चतुर्दशी, २२:०८ बजेउप्रान्त औंसी,नक्षत्र– चित्रा, २०:३२ बजेउप्रान्त स्वाती, योग– प्रीति, २१:२१ बजेउप्रान्त आयुष्मान्,करण– भद्रा, १०:४१ बजेदेखि शकुनि, २२:०८ बजेउप्रान्त चतुष्पद,आनन्दादिमा ध्वांक्ष योग,चन्द्रराशि– कन्या, ८:४६ बजेउप्रान्त तुला,सूर्योदय– ६:१९ बजे, सूर्यास्त– १७:१५ बजे र दिनमान २७ घडी २० पला। यम-पञ्चक (तिहार), नरकचतुर्दशी, कुकुर तिहार, प्रात: तैलस्नान,स्वन्ति च:ह्रे पूजा।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ, दिन भाग्यशाली भएर देखा पर्नेछ,प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ,आजको शुभ अंक ८ रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् ,कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ,आजको शुभ अंक ११ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ,विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन्, ,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शरीरमा आलस्य जाग्नेछ,प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ, चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ,आजको शुभ अंक १० रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ ,धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ, आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्य सबल छ,नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ,भौतिक सम्पत्तिको जोहो हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ,अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ,अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ,आजको शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ, समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ,आजको शुभ अंक १२ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कर्मसिद्धिको समय छ,कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन्,व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ,पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ,रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ,आजको शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ,लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ,आजको शुभ अंक ५ रहेको छ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *