हिन्दु धर्म !!!

wed

‘हिन्दु’ शब्दको अर्थ के हो?
हिन्दु शब्द हिन्दु धर्मसँग सम्बन्धित छ। तर हिन्दु शब्दको अर्थ के हो त?
यो सुन्दा सबैलाई अचम्म लाग्न सक्छ कि ‘हिन्दु’ केबल एक शब्द मात्र हो, यो शब्दको क्रुनै अर्थ छैन अर्थात यो धार्मिक शब्द होइन र सनातन हिन्दु धर्मसँन यो शब्दको कुनै तात्विक सम्बन्ध छैन। तर हिन्दु शब्दसँग जोडिएर आएका केहि शब्दहरु प्रचलनमा रहेका छन् जस्तै- हिन्दु धर्म, हिन्दु धर्माबलम्बी, हिन्दुस्तान, हिन्दी, हिन्द महासागर आदि।

हिन्दु धर्म र शब्दको उत्पत्ति
संसारभरी हालसम्म प्रचलनमा रहेका धर्महरुमा हिन्दु धर्म सबभन्दा पुरानो र तेस्रो ठुलो भएको कुरा बिभिन्न पुरातात्वीक अध्ययन तथा अनुसन्धानहरुले देखाएका छन्। तर प्राचीनकालमा यो धर्मलाई हिन्दु धर्मका नामले चिनिदैनथ्यो। प्राचीनकालमा हिन्दु धर्मलाई ‘प्राचीन सभ्यता’ भन्ने गरिन्थ्थो। हिन्दु धर्म दुई भिन्न आस्था मिसिएर एक बनेको बिभिन्न पुरातात्वीक अध्ययन तथा अनुसन्धानहरुले देखाएका छन।

‘हिन्दु’ केबल एक शब्द मात्र हो, यो शब्दको क्रुनै अर्थ छैन अर्थात यो धार्मिक शब्द होइन र सनातन हिन्दु धर्मसँन यो शब्दको कुनै तात्विक सम्बन्ध छैन। तर हिन्दु शब्दसँग जोडिएर आएका केहि शब्दहरु प्रचलनमा रहेका छन् जस्तै- हिन्दु धर्म, हिन्दु धर्माबलम्बी, हिन्दुस्तान, हिन्दी, हिन्द महासागर आदि।

हिन्दु धर्मको उत्पत्ति इन्डुस घाँटीमा भएको हो। इ. पु. ३००० बर्ष अघि इन्डुस घाँटीमा सदियौं देखि बस्दै आएको प्राचीन सभ्यताको पत्ता लागेपछि अर्को धार्मिक आस्था भएका युरोपियनहरु इन्डुस उपत्यकातिर बसाइ सर्न थाले जसलाई आर्यन पनि भन्ने गरिन्थ्यो। यिनीहरुको बसाइ सर्नेक्रम इ. पु. २००० सम्म जारी थियो।

संसारभरी सबभन्दा धेरै हिन्दु धर्माबलम्बीहरु दक्षिण एशियामा बसोबास गर्दछन्। दक्षिण एशियामा पर्ने देशहरुमा सबभन्दा बढी भारत र नेपालमा हिन्दु धर्माबलम्बीहरुको संख्या बढी छ। हिन्दु धर्मको अहिलेको यो पुस्ता सीन्धु घाँटीको सभ्यताबाट फैलिएको बिश्वास गरिन्छ। सीन्धु घाँटीमा सनातन धर्म मान्नेहरु बसोबास गर्ने गर्दथे। प्राचीन गि्रकहरुले ‘सिन्धु’ शब्दलाई ‘ हिन्दु’ उच्चाहरण गर्ने गर्दथे र उक्त स्थानमा बसोबास गर्नेहरुलाई ‘सिन्धुबासी’ नभइ ‘हिन्दुबासी’ भन्ने गर्दथे। पछि सिन्धु घाँटीमा विश्वका अन्यत्र स्थानहरुबाट थुप्रै मुस्लीमहरु बसाइ सरे र रैथाने सिन्धुबासीहरु सँगै बसोबास गर्न थाले। पछि तिनै मुस्लीमहरुले प्राचीनकाल देखि बसोबास गर्दै आइरहेका सिन्धुबासी (हिन्दुबासी) र आफ्नो समुह छुट्याउन तथा चिन्नका लागि स्थाइ बासिन्दाहरुलाई ‘हिन्दु’ र उनीहरु बसोबास गर्ने स्थानलाई ‘हिन्दुस्तान’ (हिम्दु+स्थान) भन्न थाले र आफुलाई मुसलमानका रुपमा चिनाउन थाले। समयक्रम बित्दै जाँदा यिनै सिन्धुका प्राचीन बासिन्दाहरु अहिलकॊ भारत, नेपाल, श्रीलंका, पाकिस्तान, बंगलादेश, बर्मा, थाइल्यान्ड, आदितिर छरिदै गए र ति हिन्दु अर्थात हिन्दु धर्मालम्बीका रुपमा चिनीन थाले।

धर्म भनेको के हो ?
धर्मको बारेमा जे प्रचलतिछ त्यो सम्प्रदायहो भनेर मैले जानेकोछु । जुन कर्तव्य हो त्यो धर्म हो जुन अकर्तव्यहो त्यो अधर्महो । अर्थात जुन गर्नु पर्ने हो त्यही धर्म हो । जस्तै नाकले पानी पिईन्न । जुन करणीय हो त्यही धर्म हो र जुन अकरणीय हो त्यो अधर्म हो । २६०० बर्षपुर्व यस क्षेत्रमा अकरणीयलाई विनय भनिन्थ्यो । समयको अन्तराल संग संगै भाषामा पनि परिवर्तन हुंदो रहेछ शव्द परिवर्तन हुन्छ शव्दको अर्थ परिवर्तन हुन्छ । जस्तै आज भोली विनयलाई विनम्र भनिन्छ । त्यसताका विनयको अर्थ टाढा रहनु अर्थात हिंसाबाट टाढा रहनु,व्यभिचारबाट टाढा रहनु । विनयलाई गर्नु पर्ने नियम पनि भनिन्छ । जुन विनयको पालन गर्नाले सुखको जीवनयापन गर्न सक्छ । त्यसैले त भगवान बुद्धले भिक्षु,गृहस्थी तथा राजाहरुको लागि बनाउनु भएको नियमलाई विनय पिटक भनिन्छ । भगवान बुद्धको शिक्षा धर्म र विनय भनिन्थ्यो । के धारण अथवा ग्रहण गर्न योग्य छ के टाढा राख्नु योग्यछ । के करणीयछ के अकरणीयछ ।

करणीय भनेको त्यो हो जस्ले हामीलाई सुखी बनाउंछ वा राख्छ र अरुलाई पनि सुखी राख्छ । आफ्नो पनि कल्याण अरुको पनि कल्याण गर्छ । अकरणीय यस्तोछ आफ्नो सुख पनि भत्काउंछ अरुको पनि सुख समाप्त गर्छ । उदाहरणको लागि लागु पदार्थले आफुलाई त हानी गर्छ नै अरुलाई पनि हानी नोक्सानी गर्छ । झुठो बोल्नाले आफ्नो मनमा अशान्ति त हुन्छ र अरुको लागि पनि हानी पुगाउंछ । आगो स्वयम जल्छ खरानी हुन्छ जस्ले आगो छोयो त्यस्लाई पनि समाप्त गर्छ । खर्ुसानी पीरो हुन्छ जस्ले खान्छ त्यसको भित्री शरीरमा जलन हुन्छ । जुन गर्नुपर्छ त्यसलाई गर्नु त धर्म छंदैछ जुन अकणीयहो त्यसलाई नगर्नु पनि धर्म हो । प्राणी हिंसा गर्नु अधर्महो अथवा हिंसा अकरणीय हो हिंसा नगर्नु पनि धर्म हुन्छ । धर्म त त्यसै धर्म छंदैछ अकरणीयबाट टाढा अथवा विरत रहनु पनि धर्म नै हो ।

हामी सामाजीक प्राणी मान्छे हौं यस्मा कुनै विवाद छैन र्सवविदितैछ । हामी गृहस्त भएकोले आफ्नो परिवार नाता कुटुम्ब तथा अरुको साथ साथमा पनि बस्छौं । संन्यासी गृह त्यागी भएता पनि गृहस्तहरुको सर्म्पर्कमा त हुनै पर्छ । यसरी बस्दा आफू पनि कुशल पर्ुवक आनन्द सुख पर्ुवक बस्नु पर्छ अरुको कुशलतामा पनि सहयोगि हुनर्ुपर्छ । अरुको सुख शान्तिमा आफूबाट अवरोध नहोस अहित नहोस । आफूबाट अरुको हित गर्न नसके पनि अहित पनि नहोस ।पुरानो भाषामा शरीरलाई काया भनिन्थ्यो धर्मलाई धम्म भनिन्थ्यो मन मुटावलाई वैरभाव भनिन्थ्यो । जे भईरहन्छ त्यसलाई बेदना भनिन्थ्यो आज भोली पिडालाई बेदना भनिन्छ ।

त्यसैले हामीले शरीरबाट गरिने अकरणीय ३ कर्म छनः १, प्राणी हिंसा नगरौं २,चोरी नगरौं ३, व्यभिचार नगरोैं वचनले गर्ने अकरणीय ४,कटुवचन नबोलौं ,झूठो नबोलौं ,अरुको निन्दा तथा चुक्ली नगरौें ,अनर्थको गफ नगरौं ,न ठगौं ५, नशापान गरेर मष्तिश्कलाई नखलबल्याउं । शरीर र वचन मध्य सबै भन्दा बढी अकरणीय कर्म गरेर अधर्म गर्ने वचन हो । भगवान बुद्धले मानिसलाई अधर्मबाट बच्न अर्थात पाप कर्मबाट बच्न सामान्य मान्छेले पनि गर्नु पर्ने धर्म सिकाउनुभयो । अरुले तपाईंको निन्दा चर्चा गरेको झूठो बोलेको गाली गरेको अवश्य मन पर्दैन त्यसैले तपाई पनि अरुलाई त्यस्तो अकरणीय व्यवहारबाट टाढा रहनर्ुपर्छ । तपाईंको अनुमती बिना तपाईको सामान लियो भने राम्रो लाग्छ – अवश्य लाग्दैन । त्यसैले अर्काको सामान अनुमती बिना नलिनु नि । तपाईंको शरीरमा स्यानो चोट लाग्यो भने कस्तो पिडा हुन्छ अलिकती रगत बग्यो भने कस्तो हुन्छ । त्यस कारण अरु प्राणीलाई किन पिडा पुगाउने त । शरीर र वचनले गर्ने अकुशल कार्यलाई भगवान बुद्धले शील भनेर परिभाषा गर्नुभएकोछ । शीलको अर्थ पालन नगरि नहुने नियम हो । चलन चल्तीको प्रकृया अथवा स्वभावलाई पुरानो भाषामा धर्म भनिएकोछ । नाकको स्वभाव अथवा नाकको धर्म गन्ध लिनु हो र सांस लनिु पनिहव् यद्यपि थाहा पाउने कार्य चेतनाको हो । आंखाको स्वभाव धर्म दृष्यलाई ग्रहण गर्नु हो । कानको स्वभाव धर्म ध्वनी ग्रहण गर्नु हो । ज्रि्रोको स्वभाव धर्म स्वाद लिनु हो । छालाको स्वभाव धर्म र्स्पर्श लिनु हो जस्लाई बौद्ध परिभाषामार् इन्द्रीय भनिन्छ र मनलाईर् इन्द्रीयहरुको शासक वा नाईके भनिन्छ । मनको मुख्य धर्म अगुवाई गर्नुहो भनिएकोछ । मनर् इन्द्रीयहरुमा वलवानहुन्छ । मनलाई देख्न सकिंदैन मनलाई चेतना सित पनि जोडिन्छ मष्तिश्क सित पनि जोडिन्छ । त्यसैले त कबि भन्छन मनलाई नमाझी हुंदैन हरे मन स्वच्छ नभै हुंदैन भरे । मन एउटा निर्मल तलाउ सित पनि तुलना गरिन्छ र मनलाई मूल सित पनि तुलना गरिन्छ । मनको स्वभाव धर्म निर्मल हुनुहो जसरी मूलको पानी स्वच्छ र निर्मल हुन्छ । धर्मलाई आज भोली सम्प्रदाय सित जोडिदिएकाछन । धर्मको अगाडी केहि शव्द जोडीदिएकाछन । धर्म त धर्म नै हो अन्यथा केहि होईन । मानवले प्राणीहरुलाई गरिने करुणा कुनै सम्प्रदाय होईन तर आज भोली धर्मको नाममा सम्प्रदाय जोडेका छन जस्तै हिन्दु धर्म,बौद्ध धर्म,क्रिश्चियन धर्म,मुश्लिम धर्मर् इत्यादि ।

धर्म एउटा विज्ञान पनि हो । कुनै प्राणीको हत्या गर्नु अधर्म हो तर यस्लाई धर्म पनि भन्ने गरेकाछन । कुनै सम्प्रदायमा हत्यालाई कर्ुबानी भनिन्छ र कुनै सम्प्रदायमा वली भनिन्छ हत्या त त हत्या नै हो चाहे त्यो कानूनले गर्ने सजाए किन नहोस । पानीको स्वभाव धर्म पक्षपात बिहिनछ यस्लाई बिश्लेषण गर्दै हेरौं न पानीले धनी होस वा गरीब सबैको प्यास मेटाउंछ । पानीले फोहर होस वा सफा ठाउं अनुहार होस वा दिशा सबैको सफाई गर्छ । पानी बग्यो भने त्यस्मा पर्ने जेलाई पनि बगाई दिन्छ आगो स्यानो होस वा ठूूलो निभाई दिन्छ । पानीलाई जहां राख्यो त्यहीं रहन्छ । त्यस्तै आगोको स्वभाव धर्म आफु जल्छ र अरुलाई पनि जलाउंछ चाहे धनी होस वा चाहे गरीब । आगोको कुनै मालिक हुंदैन आगो कसैको अधिनमा हुंदैन । त्यस्तै हावाको स्वभाव धर्म भनौं प्रकृति शितलता प्रदान गर्नु प्राणी जगतलाई श्वास दिनु चाहे त्यो बुद्ध होस वा अंगुलीमाल । धर्मको प्रकृति निष्पक्ष हो धर्मको स्वभाव पक्षपात बिहिन हो । यो नातेदार छोरा हो यसलाई बढी शिक्षा दिउं सिकाउं यो श्रीमती, यो छोरा, यो बुवा, यो दुध चुसाउने आमा वा यो मलाई मार्न आउने देवदत्त, यो मलाई गाली गर्ने ब्राम्हण, यो मलाई भिक्षा नदिने साहु , यो धेरै दान गर्ने अनाथपिण्डक भनेर भगवान बुद्धले कुनै पक्षपात गर्नु भएन समान रुपमा सिकाउनुभयो त्यसैले भगवान बुद्धको धर्म भनियो । बुद्धले कसैको पक्ष लिएर न कसैलाई झुठो बोल्नु भयो न त कसैको पक्षमा युद्ध गरेर हत्या गर्नु भयो । बुद्धको वचन संधै धर्मको बाटो भयो सबै प्राणीको रक्षक भए । धर्मको बाटो सुख हुन्छ शान्ति हुन्छ । त्यसैले रुख रोप्नु धर्म हो पिपल रोप्नु धर्म हो । रुखले छाहारी गरेर धाममा शितल प्रदान गर्छ ।

र्सर्ूयको तापले जाडोमा न्यानो प्रदान गर्छ । र्सर्ूयको स्वभाव धर्म ताप दिनु उज्यालो दिनुहो कुनै पक्षपात छैन । चाहे धनी होस वा गरीब सबैलाई ताप दिन्छ प्रकाश दिन्छ । बुद्धको धर्ममा छुत अछुत भन्ने छैन । राजालाई उपदेश दिने एउटा गरीबलाई नदिने भन्ने छैन । सुजाता अछुत थिईन त्यसताका दमाईको छोरी खीर दिए सिर्द्धार्थले ग्रहण गरे बुद्ध भए । त्यसताका चुन्द अछुत कामी थिए उस्को निमन्त्रणामा गएर सुंगुर चर्ने ठाउंको कन्दमूल उसिनेर खान दिए बुद्धले सहर्षस्विकार गरेर खाए, निर्वाण प्राप्त गरे । धर्म बिज्ञान हो । धर्म दर्शन भन्दा माथि हो तैपनि धर्म दर्शन भनिन्छ । माटोको बिज्ञान के हो – जस्मा विज आए पछि त्यसलाई उव्जाउ गर्नु हो । माटोले हाईब्रीडको बिउ वा स्थानीय बिउ भन्दैन । बिजको धर्म के हो – शिक्षकको धर्म के हो -महिलाको धर्म के हो- सत्य जग जाहेरछ । शव्दको परिभाष क्लिष्टछ । एउटा शव्द छ धार्मिक युद्ध बडो अनौठो लाग्छ । धर्मको पनि कहिं युद्ध हुन्छ र त्यो सरासर अधर्म हो । महाभारतमा धर्मयुद्ध भनिएकोछ । प्रकृतिको नियम अनुरुप धर्म र विपरितलाई अधर्म अर्थात करणीय र अकरणीय भनिएकोछ । एक ब्राम्हणको धर्म के हो त भन्दा उपयुक्त शिक्षा दिनु हो मानिसलाई सहि मार्ग देखाउनु हो । प्रकृतिमा जे भैरहेकोछ स्वभाtm परिवर्तन भैरहन्छ । जे धारण गरिन्छ त्यो धर्महो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *