२०७५ को वार्षिक भविष्यवाणी

विक्रम सम्वतको वैज्ञानिकताः
सूर्य ग्रहले वर्षभरीमा बाह्रराशिको परिक्रमा गर्दछ । बाह्रराशिमा ३६० डिग्री हुन्छ । सूर्यले वर्षदिनमा ३६० डिग्रीको यात्रा सिध्याएर पुनः शून्य डिग्रीबाट अर्को वर्षको लागि यात्रा तय गर्ने दिनलाई मेषार्क अथवा बैशाख संक्रान्ति भनिन्छ । यही दिनलाई विक्रम संवतको नयाँ वर्ष मानिन्छ ।

विक्रम संवतको नयाँ वर्षारम्भको दिन बैशाख संक्रान्ति अथवा मेषार्कको महत्त्व विशेष छ । यद्यपि केही वर्ष यता वि.सं.को बारेमा चर्चामा आएका विभिन्न तर्क आदिले आमजनमानसमा अनेक विचार, जिज्ञाशा तथा चिन्तनको रोपण गरेको भएता पनि वास्तविकतामा विक्रम सम्वतको वर्षारम्भमा विशेष वैज्ञानिकता छ । जुन अरु सम्वतमा छैन । अन्य सम्वतहरूमा यो खालको गणितीय मान्यताको सिद्धान्त छैन । गणितीय वैज्ञानिकतामा विक्रम सम्वत जस्तो पूर्ण र वैज्ञानिक सम्वत अरु पाईदैन । तसर्थ यो सम्वत प्रारम्भ हुँदा पर्ने लग्न र त्यसको फलको प्रभाव समग्रमा विश्वव्यापि रूपमा सबैलाई पर्ने गर्छ ।

नयाँ वर्ष वि.सं. २०७५ सालको वार्षिक भविष्य
यस पटक नयाँ वर्ष २०७५ शुरु हुँदा बैशाख १ गते बिहान नेपाली स्टेण्डर्ड समय अनुसार १०ः२३ बजिरहेको हुन्छ । सो समयमा नेपाली आकाशको क्षितिजमा मिथुन लग्न उदाइरहेको हुनेछ । नयाँ वर्ष अर्थात मेषार्क हुँदा जापानमा त्याहाँको स्टेण्डर समय अनुसार १३ः३८ बजे बजेको हुन्छ र त्यतिबेला जापानको टोक्योमा सिंह लग्न उदित भइरहेको हुन्छ ।

यसै गरी पाकिस्तानको लाहोरमा पाकिस्तानी स्टेण्डर समय अनुसार बिहान ०९ः३८ बजिरहेको हुन्छ र मिथुन लग्न नै उदाइरहेको हुन्छ । भारतको मुम्बईमा १०ः०८ बजे नयाँ वर्ष प्रवेश हुन्छ । जतिबेला भर्खर मिथुन लग्न उदाउँदै गरेको हुन्छ भने राजधानी दिल्लीमा मिथुन लग्नले आठ डिग्री पार गरिसकेको हुन्छ ।

विक्रम सम्वतको नयाँ वर्ष हुँदा अर्थात सूर्यले ३६० डिग्री पार गरेर शून्य डिग्रीबाट पुनः आफ्नो यात्रा तय गर्दा सबै ठाऊँमा एउटै लग्न हुँदैन । जुन स्थानमा जुन लग्न उदाईरहेको हुन्छ सोही लग्न सो स्थानको जगल्लग्न हुन्छ । जगल्लग्नको आधारमा वार्षिक फलको विवेचना गरिन्छ ।

नयाँ वर्ष प्रारम्भको समयमा नेपालमा मात्रै नभएर यसको आसपासका अन्य मुलुकमा पनि मिथुन लग्न उदाइरहेको हुनेछ । नव वर्ष प्रारम्भ हुँदाको जगल्लग्नको विवेचना गर्दा –

विषेश :
देशले ठुलो आर्थिक नोक्सानी बेहोर्नेछ र कार्यकरी प्रमुक चढेको जाहज तथा गाडी दुर्घटना हुने सम्भावना रहेकोछ भने सावधानी अपनाउदा चढ्नु भन्दा पहिला पूजा गर्नु पर्ने हुन्छ । राजा सत्तामा आउन हदै प्रयास गर्नेछन । भने विधर्मीहरुले धर्म परिवर्तन गराउन चलखेल गर्ने छन भने केहि घटनामा मानवीय क्षेति समेत हुने छ, हिन्दु धर्म प्रति जन चेतना जाग्नेछ ।

सकारात्मक पाटोः
यो वर्ष सूर्य राजा र मन्त्रीमा शनिले जिम्मेवारी लिएका छन् । यो वर्षको संवत्सरको नाम विरोधकृत् रहेको छ । ग्रहको स्वभाविक गुणको विवेचना गर्दा सूर्य र शनि आपसमा शत्रु हुन् । ग्रहको यो सम्बन्धबाट पनि केही अनुमान गर्न सकिन्छ । विशेष विशेष जिम्मेवारीमा रहेका अधिकारी तथा निकायले यो कुरामा विचार पुर्याएर कार्य सम्पादन गर्नु उचित हुनेछ ।

पञ्चम् गुरु, दशममा लग्नेश र द्वितीयेश चन्द्रबुधको युक्ति, एकादश सूर्य शुक्रले जगल्लग्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । शिक्षा, कर्म र आम्दानीको पक्षमा उल्लेखनीय कार्य गराउने योग परेको छ । स्वाभिमानलाई अभिमान नबनाउने हो भने यो जगल्लग्नको प्रभाव रहने स्थानहरूमा शिक्षाक्षेत्रमा राम्रो प्रगति हुनेछ । उद्यम व्यवसायजन्य कर्मयोगले विशेष महत्त्व पाउनेछ । आत्म तथा आत्मस्वाभिमानी भावनाको चेतना तथा जागृति बढ्ने छ । राज्य व्यवस्थामा नयाँ आयामहरूको विकास हुनेछन् । आत्मनिर्भरताका केही दीगो कार्यको थालनि हुनसक्ने छ ।

यो वर्ष राज्यले नागरिकहरूलाई उद्योग धन्दाको अभिप्रेरणाप्रद अभियानका कार्यक्रमहरूबाट जनचेतना अभिवृद्धि गर्नु उचित हुनेछ । शिक्षा र धार्मिकलगायतका पर्यटन, युवा उद्यमशीलता, जलस्रोत तथा तरलपदार्थ, कृषि, जनजागरण आदिको विकास भई लाभ एवं उपलब्धि प्राप्ति हुनेछ ।

कमजोर तथा नकारात्मक पक्षः
जगल्लग्नमा उपर्युक्त राम्रा पक्षको बाबजुत केही जटिल स्थितिको पनि दृष्टिगोचर हुन्छ । अन्य ग्रहको भूमिकाले केही त्यस्ता जोखिमलाई संकेत गरिरहेको छ जसले राम्रो ग्रहयोगको फल प्राप्तिमा तगारोको भूमिका निर्वाह गर्नसक्ने खतरा हुन्छ । सम्बन्धित अधिकारीहरूले बुद्धिमतापूर्वक अवस्थालाई संयमपूर्वक सकारात्मक कोणबाट समाधान गर्न खोजेको खण्डमा विभिन्न जटिलताको बाबजुत पनि अन्तिम उपलब्धि राम्रो निकाल्न सकिनेछ । अन्यथा केही व्यवस्थागत दुर्घटना, द्वन्द, संकट आदिको आशङ्कालाई ग्रहको स्थितिले लक्षित गरिरहेको छ ।

यौनिक हिंसा तथा विकृति बढ्नसक्ने, अग्नि एवं भूमि र वायुतत्त्व प्रधान प्रकृतिप्रकोप, दैविक विपत्ति, दुर्घटना, हावाहुरी, आगजनि, वृष्टिअनावृटि आदिको सामना गर्नुपर्ने सम्भावना रहन्छ । जनस्वास्थ्यमा विभिन्न रोगको संक्रमणले प्रभावित गर्नेछ । परराष्ट्र सम्बन्ध बिग्रन नदिन निकै कोसिस् गर्नुपर्ने देखिन्छ । वैदेशिक व्यापारमा पनि ह्रास आउनसक्ने आशङ्का देखिएको छ ।

आन्तरिक एवं बाह्य द्वन्दको सृजना हुनसक्छ । सम्बन्ध विच्छेदका गतिविधि तथा घटना बढ्ने छन् । जननिकाय, सामाजिक निकाय आदिका तहतप्कामा गुट्, फुट्, आन्तरिक कलह, द्वन्दजन्य परिस्थिति सृजना गराउने ग्रहको प्रभाव छ । जिम्मेवार पक्षले निकै संयमतापूर्वक आफ्नो कर्तव्य एवं जिम्मेवारीलाई वहन गर्न प्रयत्नशील रहनु बुद्धिमानी हुनेछ

उपर्युक्त प्रकारको फललाई नववर्ष २०७५ को जगल्लग्नको ग्रहस्थितिले देखाएको हुनाले नागरिकहरू सावधानपूर्वक, धैर्यता एवं सहनशीलतालाई धारण गरी स्वधर्म तथा जिम्मेवारीमा लगनशील रहनु उपयुक्त हुनेछ । अनाधिकृत रुपमा चल्ने होहल्ला, विभिन्न बहकाव आदिको पछाडि लाग्नुभन्दा सत्यतथ्य बुझेर समाजमा आपसी सद्भाव कायम राख्दै सामाजिक भावनाको विकास गर्नु बुद्धिमानी हुनेछ । सम्भावित अनिष्ट ग्रहको फललाई न्यूनिकरण गर्ने सामाजिक एवं धार्मिक तथा सांस्कृतिक कर्महरूलाई बढीभन्दा बढी प्रसय दिनु शुभकर, हितकर र लोककल्याणकर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *