२०७५ सालको वार्षिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आश्विन १८ गतेसम्म बृहस्पति तपाईंको राशिबाट सातौं भावमा रहनेछ, अत: यस समयमा चमत्कारी शुभफल प्राप्त हुनेछ । आश्विन १९ गतेबाट फाल्गुन १९ गतेसम्म बृहस्पति आठौंकष्ट स्थानमा रहनेछ, त्यस समयमा केही नराम्रा एवं दुखद् समचार सुन्नमा आउनेछन् । शनि बर्षभरि नै सातौं भावमा रहने भएकाले मिश्रित फल दिनेछ।कैफियतपूर्ण धनार्जनतर्फ मन आकर्षित हुनसक्ने र पछि पछुतो पनि पर्नसक्ने छ ख्याल गर्नु होला । मान्यजनको स्वास्थ्य, विशिष्ट सम्बन्ध आदिमा केही प्रतिकूलता सृजना हुनसक्ने भएकोले आवश्यक सावधानी एवं निवारणका उपाय अवलम्बन गर्नु जरुरी हुनेछ।आवासगृह वा निवास स्थानमा परिवर्तन हुने सङ्केत छ । उन्नतिको आकाङ्क्षा राखी व्यवसायिक वा पेसागत स्थितिमा सुधार हुनसक्छ, कतिपयले समुचित अवसर प्राप्त गर्नाले नोकरी वा कारोबारमा परिवर्तन गर्नेछन् । मानसिक पक्ष बलियो छ । आर्थिक र सामाजिक हैसियतमा पनि बृद्धि हुनेछ । लामो दूरीको यात्रा सफल हुनेछ । धार्मिक विषयवस्तु वा पुराना कुरा र शास्त्रीय ज्ञानका लागि गरिएको प्रयास सफल हुनेछ । घरमा माङ्गलिक कर्म र धार्मिकसांस्कृतिक कृत्यहरू सम्पादन हुनेछन् । तर मातापिता वा परिवारका बृद्ध सदस्यहरूको स्वास्थ्यस्थिति अनुकूल हुने छैन । विशेष गरी आमाको मानसिकतामा चिन्ता, शङ्का र खटपटीले बास गर्नेछ । कार्तिक र मङ्सिर महिनामा हानी हुनेछ भने असार, असोज, माघ र फाल्गुन महिनामा अधिक लाभ मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । स्कुल तथा कलेजका विद्यार्थीहरूलाई सफलता मिल्नेछ । कार्तिक र मङ्सिर महिनामा विद्या र बुद्धिमा ह्रास आउनेछ ।जागिरेहरूका लागि पदोन्नतिको संभवाना प्रबल रहेको छ । सञ्चारक्षेत्रका पेशाकर्मीहरूलाई राम्रो सफलता हात पर्नेछ । राजनैतिक क्षेत्रबाट वाञ्छित सफलता मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । टाउको तथा आँखाको समस्या बढ्नेछ । घर-परिवारमा रोगको समस्या बढ्नेछ । दुर्घटना तथा चोटपटकको भय रहनेछ सचेत रहनु होला । शुभ रङ्ग: रातो,सेतो र पहेंलो शुभ रङ्ग हो । शुभ अङ्क: १, २, ३ र ७ शुभ अङ्क हो । के गर्ने:- वर्ष भरि आइतबार र मंगलवार सूर्यनारायणलाई अर्घ दिने, परेवालाई चारो दिने, माता,पिता तथा गुरु वर्गको आशिर्वाद लिनुका साथै हनुमानजीको पूजा गरेमा अधिक सफलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आश्विन १८ गतेसम्म बृहस्पति तपाईंको राशिबाट छैठौं शत्रु घरमा गोचर गर्ने बृहस्पतिले केहि नराम्रो फल दिनेछ भने आश्विन १९ गतेबाट फाल्गुन १९ गतेसम्म बृहस्पति सातौं भावमा रहने भएकाले आफ्नो अनुकूलताको फल मिल्नेछ । शनि बर्षभरिनै आठौं भावमा रहने र अढैया शनिकोपनि प्रभावले गर्दा नराम्रा एवं दुखद् समचार सुन्नमा आउनेछ ।बढी संघर्ष र कम उपलब्धिको कारण मानसिक उद्दिग्नता तथा उदासिनता बढ्न गइ आस्थाको धरोहरमा ह्रास आउने एवं किंकर्तव्यविमूढताको मनोविज्ञानले प्रसय पाउनसक्ने देखिन्छ । साउन उपरान्त केही सुधार आइ कामकार्य एवं अन्य परिस्थितिमा केही सुधार आउनेछ ।परिबन्द,चोरी,राज्यबाट भय–कष्ट,गलत संगत, स्वजनबाट विश्वासघात, फसिने–ठगिने, नहुनेकार्यमा मन जाने–आसक्ति बढ्ने, मिथ्याऽपवाद, अपव्यय, समय टरेपछि पश्चाताप हुने आदि सम्भावनालाई ग्रहगोचरले लक्षित गरिरहेको छ । व्यापार वा व्यवसायिक दृष्टिले यस वर्ष मध्यम प्रतिफल मिल्नेछ ।बुवा वा परिवारको बृद्ध पुरुषको स्वास्थ्यस्थिति पनि चिन्ताको विषय बन्नेछ । चलिआएको बन्दव्यापारमा थप लगानी गर्नु र स्तरोन्नति गर्नु त ठिकै हुनेछ, तर नयाँ कारोबारमा रकम लगानी गर्नु उचित हुँदैन । उता स्वास्थ्यमा पनि मौसमी रोगको प्रकोप देखा परिरहने छ भने गृहस्थी जीवन र प्रेमसम्बन्ध पनि सुमधुर रहन सक्दैन । शनि कमजोर भएकाले अनाबश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । व्यवसायिक दृष्टिले भाद्र, मंसिर, माघ र चैत्र महिना फलदायी हुनेछन् । प्रेमी/प्रेमिकाका घर परिवार बाट केहि अफ्ठ्यारा परिस्थितीहरू सिर्जना हुनेछन् । पतिपत्नीबीच दूरि बढ्नेछ । दाजुभाई तथा घर-परिवार बाटपनि टाढिनु पर्नेछ । शैक्षिकक्षेत्र बाट सोचेअनुसार प्रतिफल नमिल्ला । पढाई-लेखईमा बाधा आउनेछ । विशेषगरी शैक्षिकक्षेत्रबाट मंसिर र माघ महिनामा सफलता मिल्नेछ । नोकरीमा खास सफलता प्राप्त गर्न नसकेपनि व्यापारमा राम्रो हुने योग छ । बैदेशिक रोजगारमा लागेकालाई समय त्यति राम्रो छैन । राजनैतिक तथा कुटनीतिक क्षेत्रमा विविध समस्या खेप्नु पर्नेछ ।शुभ रङ्गः सेतो, हरियो, कालो, सुन्तला शुभ रङ्ग हो । शुभ अङ्कः ४, ६ र ८ शुभ अङ्क हो । के गर्ने – वर्षको प्रत्येक शनिबार पिपलमा जल चढाई तिलको तेलमा बत्ती बाल्ने । शुक्रवार विष्णु भगवानको तथा शनिवार दुर्गाजीको आराधना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मिथुन राशि हुनेहरूको लागि यो वर्षको मध्यभागमा केही कठीन परिस्थितिको सामना गर्नुपरेपनि समग्रमा अनुकूल नै रहनेछ । आश्विन १८ गतेसम्म बृहस्पति तपाईंको राशिबाट पंचम भावमा रहनेछ, अत: यस समयमा विद्या,बुद्धि र वंशको वृद्धि हुनुका साथै घर-परिवारमा मंगल कार्यको योग बन्नेछ । आश्विन १९ गतेबाट फाल्गुन १९ गतेसम्म बृहस्पति आठौं तथा कष्ट स्थानमा रहनाले ऋण, रोग, शत्रु तथा विवाद बढ्नेछ ।परदेशीहरूले राम्रो आम्दानी गर्नुका साथै दूरगामी भविष्यसम्म काम लाग्ने क्षेत्रमा निवेश गर्ने देखिन्छ । विद्यार्थी र शैक्षिक क्षेत्रका व्यक्तिहरूले राम्रो नतिजा हात पार्ने छन् । साझेदारीमा गरिएको कारोबारबाट लाभ लिन सकिने छैन । साझेदारसित वैमनस्य बढ्ने र पुराना साथीभाइ टाढिने सम्भावना पनि देखिन्छ । बन्दव्यापारमा परिवर्तन गर्नु वा नयाँ कारोबारमा लगानी गर्नु हानिकारक बन्नसक्छ, सचेत हुनुपर्छ । व्यापार वा व्यवसायमा आफैंले गरेको काममा मात्र सफलता मिल्ने भएकाले सहयोगी वा कामदारलाईपूर्ण विश्वास गर्नु हानिकारक बन्ने सङ्केत छ । आर्थिक दृष्टिले असार, कार्तिक, पौष र फाल्गुन महिना हानिकारक हुनसक्छ । मित्रसँगको सम्बन्धमा उल्झन आउनेछ । घर परिवारमा हुने शुभ तथा मांगलिक कार्यले विग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ । प्रेम सम्बन्ध गाढाभई परिणाममुखी बनाउन सकिनेछ । पुत्र सुखको सम्भावना प्रवल रहेकोछ । समय फलदायी रहेकोले उत्कृष्ट नतिजा पईनेछ । पढाई-लेखाईको लागी विदेश जाने योग छ साथै विद्या र बुद्धिको विकाशले समाजमा ईज्जत तथा प्रतिष्ठा बढ्नेछ । आफ्नो पेशामा बढुवा तथा सरुवाको योग रहेकोछ । व्यापारमा राम्रो हुने योग रहेकोछ । साहित्यिक तथा धार्मिक व्यक्तिहरूलाई निकै राम्रो हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्त्व जमाउन सकिनेछ । पारिवारिक स्वस्थ्मा समस्या देखिनेछ । शिर्षपीडा बढ्नेछ साथै तथा हृदयमा रोगबढ्ने भएकाले आफ्नो स्वास्थ्यप्रती बिशेष ख्याल पुर्याउनुहोला । शुभ रङ्ग: हरियो, रातो, पहेंलो, र सेतो शुभ रङ्ग हो । शुभ अङ्क: १ र ५ शुभ अङ्क हो ।के गर्ने: -वर्ष भरि मंगलवार गणेशजी तथा हनुमानजीको आराधना गरी गरेको कार्यबाट चमत्कारी सफलता मिल्नेछ । शनिवार शिवजीलाई जल चढाउनाले र प्रत्येकदिन कमिलालाई चीनी दिनाले ग्रहपिडा कमभई भाग्यमा वृद्धि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आश्विन १८ गतेसम्म चतुर्थ/सुख भावमा बृहस्पतिले गोचर गर्नेछ, उक्त समयमा शुभफल प्रदान गर्नेछ । आश्विन १९ गतेदेखि फाल्गुन १९ गतेसम्म बिद्या भावमा गोचर गर्ने बृहस्पतिले विद्या,बुद्धि र सन्तान सुख गराउनेछ । फाल्गुन १९ गते पछि सत्रु भावमा प्रवेश गर्ने बृहस्पतिले मानशिक चिन्ता, शत्रुबाधा तथा गरेको कर्यमा ढिलासुस्ती हुनेछ । शनि वर्षभरिनै छैटौ भावभा गोचर गर्ने भएकाले वादविवाद तथा न्यायमा सफलता मिल्नेछ ।कल्पना, भावना, भ्रम र आनन्दका पछि कुद्ने बानी भएकाले यो वर्ष सुखद परिणाम प्राप्त गर्न सक्दैनन् । दाम्पत्य सम्बन्ध अनुकूल हुन सक्दैन, प्रेमसम्बन्धमा पनि तिक्तता आउने सम्भावना छ । ससाना कुरामा विवाद र झगडाको स्थिति आउन बेर लाउँदैन । स्वास्थ्यस्थितिमा सुधार हुनेछ । पछाडि कुरा काट्ने व्यक्ति, शत्रु वा प्रतिस्पर्द्धीहरू पराजित हुनेछन् । अभिभावक र गुरुजनसँग सम्बन्धमा प्रगाढता आउने सङ्केत छ । विज्ञान प्रविधीको सहयोगले व्यवसाय फस्टाउनेछ । फलाम तथा हार्डवेयरले फलिफाप गराउनेछ । अचल सम्पति जोड्ने समय नजिकै रहेको छ । कृषि क्षेत्रको व्यावसायबाट मनग्य धनार्जन गर्न सकिनेछ । घरजग्गाबाट मनग्य आम्दानी गर्न सकिनेछ । आर्थिक दृष्टिले नयाँ ठाउँमा लगानी गर्दा विचार पुर्याएर लगानी गर्नु पर्नेछ । तपाई विरुद्ध षड्यन्त्रको योजना बन्न सक्छ । शेयर बजारको लगानी डुब्ने भय छ । व्यवसायिक दृष्टिले भाद्र, कार्तिक र फाल्गुन महिना फलदायी हुनेछ । प्रेम र मित्रताको बन्धन गाढा भई लगन गाठो बाँधिनेछ । पारिवारिक मन मुटाव कमभई दाम्पत्य सुखमा रमाउने समय आएको छ । शत्रुबाट परास्त हुने सम्भावना रहेकोछ । शैक्षिक क्षेत्रबाट मानोवाञ्छित सफलता पाईनेछ । कलाकारितामा आवद्ध व्यक्तिहरूलाई निकै राम्रो हुनेछ । नयाँ रोजगारको अवसर मिल्नेछ । जागिरेहरूको लागी पदोन्नति हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् ।छातीमा समस्या तथा दायाँ अंगमा चोटपटकको भय रहनेछ । छालासंग सम्बन्धित समस्या आउन सक्नेछ । शुभ रङ्ग: सेतो, निलो, र घ्यूरङ्ग शुभ रङ्ग हो । शुभ अङ्क: १, २, ७ र ९ शुभ अङ्क हो । के गर्ने :-वर्ष भरि सोमबार शिवजी तथा महामृत्युञ्जय भगवानलाई दूध चढाई, पूजा गर्ने र अनाथ एवम् वृद्धजनहरूको सेवा गर्नाले भाग्यमा वृद्धि हुनेछ । सोमवार वृक्षारोपण गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आँटेको र ताकेको कर्याहरू पूरा हुनेछ । आश्विन १८ गतेसम्म बृहस्पतिले तृतीय भावमा रहनाले गरेको कार्यमा सफलता मिल्नेछ । आश्विन १९ गतेबाट फाल्गनु १९ गतेसम्म सुख भावमा बृहस्पतिले गोचर गर्ने भएकाले भौतिक सुख मिल्नेछ । फाल्गुन २० गतेबाट पञ्चम भावमा प्रबेश गर्ने बृहस्पतिले मंगल कार्यको अवसर मिल्नेछ । वर्ष भरिनै गर्ने पंचम भावमा शनिले गोचर गर्ने भएकाले अग्नि तथा चोरको भय रहनेछ । आफ्नो क्षेत्रमा वर्चस्व स्थापना हुनेछ । ससाना यात्राबाट सफलता मिल्नेछ । पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ । वैदेशिक प्रयोजनका कामबाट मनग्ये लाभ लिन सकिने छ । बन्धुबान्धव र दाजुभाइसँग सरसहयोग र सम्बन्ध राम्रो रहने छ । धर्म, अध्यात्म, योग, ध्यान र आत्मचिन्तनका निमित्त उपयोगी समय रहने छ । विद्यार्थीहरूले कडा मिहिनेत गर्नुपर्छ । व्यक्तिगत स्वास्थ्यमा समस्या देखा परिरहने सङ्केत छ, मानसिक तनाव, थकावट र अनिद्राका समस्या देखा पर्नेछन् । कृषी तथा चौपायाको व्यापार फस्टाउनेछ । अनावस्यक खर्च नियन्त्रण हुनेछ । फेन्सी तथा सजावटी क्षेत्रको लगानी विशेष फलदायी हुनेछ । वाहनको लगानिबाट भने नोक्सानी बेहोर्नु पर्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । घरपरिवारबाट टाढिएकाहरू नजिकिनेछन् । पुत्र प्राप्तिको सम्भावना प्रवल रहेको छ । सहकर्मीबाट भरपुर साथ मिल्नेछ । बिद्यार्थीहरूले बिद्या तथा बौद्धिक कार्यमा मनग्य प्रगति हाँसिल गर्नेछन् । इन्जिनियरिङ क्षेत्रका जिज्ञासुहरूले विशेष सफलता पाउनेछन् । अध्ययन तथा अध्यापनको शिलशिलामा विदेश तथा स्थानान्तरणको योग छ । सरकारी जागिर खानेहरूका लागि पनि यो वर्ष स्थानान्तरणको योग छ । नयाँ रोजगारको अवसर मिल्नेछ । चोटपटकको भय रहनेछ । अनुहारमा चोटलाग्ने सम्भावना प्रबल छ । मातापिताको स्वास्थमा धन खर्च बढ्नेछ । शुभ रङ्ग: रातो, गुलाबी, पहेंलो र हरियो शुभ रङ्ग हो । शुभ अङ्क: १, ३ र ५ शुभ अङ्क हो ।के गर्ने: -बर्ष भरि प्रत्येक आईतबार सूर्य भगवानलाई अर्घ्य दिने र पीपलमा गुलियो जल चढाउने र विद्यार्थीहरूलाई सहयोग गर्नुका साथै विष्णु भगवान् तथा हनुमानजीको उपासना गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यो वर्ष शुभ/अशुभ मिश्रीत फल मिल्नेछ । आश्विन १८ गतेसम्म द्वितीयभाव तथा धनस्थानमा रहने बृहस्पतिले शुभाशुभ मिश्रीत फल दिनेछ र आश्विन १९ गतेबाट फाल्गुन २० गतेसम्म पराक्रम भावमा जाने बृहस्पतिले उक्त समयमा मानशिक चिन्ता बढाउनेछ । फाल्गुन २० गतेपछि सुख भावमा भावमा प्रबेश गर्ने बृहस्पतिले भौतिक सुख प्रदान गर्नेछ । शनि बर्षभरिनै सुख भावमा रहने र अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झनआई नराम्रा समचार सुन्नमा आउने र देश बिदेशको यात्रा हुनेछ ।गरेको कामबाट लाभ र प्रशंसा दुबै मिल्ने देखिन्छ । रोजगारीका क्षेत्रमा पदोन्नति हुने वा आयमूलक क्षेत्रको काम हातपर्ने सम्भावना छ । वित्तीय क्षेत्र, इलेक्ट्रोनिक, फेसन डिजाइन, मौखिक अभिव्यक्तिका काम आदि क्षेत्रमा जोडिएका व्यक्तिहरूले अयाचित उपलब्धी हासिल गर्नेछन् । यस वर्ष घरघडेरी वा जेथो जोड्ने वर्ष हो । सेयर कारोबारबाट पनि राम्रै लाभ मिल्ने देखिन्छ । तर पारिवारिक स्वास्थ्यको स्थिति राम्रो देखिंदैन । वैदेशिक कारोबारबाट लाभ लिन सकिने छैन । परदेशमा बस्नेहरू मानसिक तनाव र झमेलामा फँस्ने सम्भावना हुन्छ ।रोकिएका धन हात पर्नेछ । फेन्सी तथा कपडाको व्यापार फस्टाउनेछ । सेयर कारोवारको लगानी भने सुझबुझमा भरपर्छ । घरजग्गाको कारोवारमा मन्दि आउनेछ । साउन, असोज र चैत्रमा कुनैपनि कारोवारमा लगानी गर्नुपूर्व विशेष विचार गर्नुहोला । प्रेमी/प्रेमिकाका बिच सामिप्यता बढ्नुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेकोछ । प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाह सम्पन्न हुनेछन् । विदेश गएका आफन्तहरूसंगको सम्बन्ध भने बिग्रिन सक्छ । अध्यन अध्यापनको क्षेत्र पूर्वार्ध भन्दा उत्तरार्ध राम्रो हुनेछ । व्यवस्थापन विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने केहि कठिनाइको सामना गर्नुपर्नेछ । नयाँ कार्यको थालनी तथा जागिरमा पदोन्नतीको सम्भावना प्रवल रहेकोछ । वित्तिय संस्थाका कर्मचारीहरूले सजकता अपनाउनुपर्नेछ । वैदेशिक रोजगारमा गएकाहरूका लागि भने त्यति राम्रो हुनेछैन । हृदय तथा नसाको समस्या बढ्नेछ । दिर्घरोगको सम्भावना रहनेछ । घरपरिवारका लागी स्वाथ्य उपचारमा धन खर्च बढ्नेछ । शुभ रङ्गः हरियो,नीलो,रातो र कालो शुभ रङ्ग हो । शुभ अङ्कः १,५ र ६ शुभ अङ्क हो । के गर्ने:-वर्ष भरि ग्रहपीडा कमगर्न तथा सफलता प्राप्तिको लागी गणेशजी, हनुमानजी तथा विष्णुभगवानको पूजा आराधना गर्ने । मंगलवार एवम् चतुर्थी तिथिमा पिपल वा तुलसीको बोटमा जल चढ़ाई महामृत्युंजयको जप तथा हनुमान चालीसको पाठ गर्ने र शनिवार कुकुरलाई रोटी दिनाले कार्यमा अधिक सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बर्ष राम्रो रहनेछ । आश्विन १८ गतेसम्म प्रथम भावमा रहने बृहस्पतिले नयाँ कार्यको योजनालाई पूर्णता दिलाउनेछ । आश्विन १९ गते देखि फाल्गुन १९ गते सम्म द्वादश धन स्थानमा रहने बृहस्पति भएकाले आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । वर्ष भरिनै तृतीय भावमा शनिले गोचर गर्ने भएकाले मनमा निराशा र शरीरमा आलस्य आउनेछ । मानसिक चिन्ता पनि बढ्नेछ । कतिपय वस्तुहरूमा नयाँ अनुभव र ज्ञान प्राप्त गर्ने अवसर पाइने छ । व्यवसायिक यात्राको सम्भावना छ । वित्तीय क्षेत्र र सेयर मार्केटमा गरेको लगानी लाभप्रद बन्नेछ । कारोबारको विस्तारका लागि ऋण वा सापटी लिनु पर्ने परिस्थिति सिर्जना हुनेछ । पुरानो सम्पत्तिको बिक्रीबट्टा हुने अथवा कुनै पारिवारिक विवाद वा झमेलाको अन्त्य हुने सम्भावना देखिंदैछ । परिवारमा मातापिता वा ज्येष्ठ नातेदार र कार्यक्षेत्रमा हाकिम वा सिनियर साथीसँगको सम्बन्धमा चिसोपन देखिने सम्भावना हुन्छ । दैनिक खर्चलाई नियन्त्रण गर्न सकिंदैन । त्यस्तै यस अवधिमा विशेषतः आमाको स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । वैदेशिक लगानीबाट सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा गरीएको लागानि बाट राम्रै प्रतिफल पाईनेछ । बित्तिय संस्थाको लगानी फस्टाउनेछ । खाद्यान्नको लगानी फलदाई हुनेछ । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । मित्र वा आफन्तबाट भरपूर सहयोग मिल्नेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । विपरीत वर्गप्रति सहयोग भाव बढ्नेछ । पढाई लेखाईमा सुधार आउनेछ । विदेशिएका विद्यार्थीहरूले सफलता हाँसिल गर्नेछन् । प्राविधिक क्षेत्रमा उच्च सफलता मिल्नेछ । गणित विषय भने कमजोर नै रहनेछ । यो बर्ष वैदेशिक रोजगारमा जानेहरूका लागि राम्रो छ । निजामती कर्मचारी हरूको सरुवा तथा बढुवा हुने योग छ । मेडिकल पेसामा आवद्ध रहेकाहरुलाई अधिक फलदायि रहनेछ । घरजग्गाको दलालीलाई सफलता मिल्नेछ । परिवारको स्वस्थ्मा धन नास हुनेछ । दुर्घटना तथा चोटपटकको भए रहनेछ । टाउको तथा घाँटीमा समस्या देखिएला । पुराना रोगहरू सुधार उन्मुख हुनेछन् । शुभ रङ्गः सेतो, पहेंलो, खैरो र हल्कानिलो शुभ रङ्ग हो । शुभ अङ्कः ४, ६ र ८ शुभ अङ्क हो ।के गर्ने:-भर्ष भरि सोमबार, बुधवार र शुक्रवार क्रमशः शिवजी, गणेशजी तथा दुर्गाजीको पूजा गरे सफलता मिल्नेछ । अशक्त तथा अपाङ्गहरूलाई सहायता गर्ने, वर/पीपल वृक्षरोपण गर्नाले ग्रहपिडा कमभई भाग्य वृद्धि हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पूर्वार्धमा समस्यामा झेलिनु पर्नेछ भने उत्तरार्धमा इच्छा र आकांक्षा पूर्ण हुनेछन् । आश्विन १८ गतेसम्म व्यय भावमा रहने बृहस्पतिले अत्याधिक खर्च गराउनेछ । आश्विन १९ गतेबाट फाल्गुन १९ गतेसम्म जन्मराशि संगबस्ने र फाल्गुन १९ गते पछि धनस्थानमा जाने बृहस्पतिले अपार एवम् चमत्कारी ढंगले सफलता दिलाउनेछ । योवर्ष भरिनै शनिको अन्त्य शाढेशाति दशाको कारणले गर्दा झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्बहुने तथा चोटपटकको भय रहनेछ । रिस, घमण्ड, अहङ्कार र गर्वका कारण झमेलामा फँस्ने सम्भावना छ, ससाना कुरामा कचिङ्गल मच्चिन सक्छ, सचेत हुनुपर्छ । घरका बृद्धसदस्यको स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्छ । विशेषतः संयमता र अनुशासनको नियममा बस्नु बुद्धिमानी हुनेछ । वैदेशिक प्रयोजनका काम वा विदेशको बसाइ लाभप्रद रहने छ । लामो वा छोटो दूरीका ससाना यात्राको सम्भावना छ । कुनै धार्मिक वा पर्यटकीय क्षेत्रको भ्रमण हुनेछ । समग्र अवधिमा तपाईंभित्र पराक्रम, आत्मविश्वास र साहसमा बृद्धि हुने सङ्केत छ । योग र धार्मिक कृत्यका निमित्त सक्रिय भूमिका निर्वाह गरिने छ । आर्थिक दृष्टिले भद्रा, आश्विन, माघ महिनामा लाभदायक परिणाम प्राप्त हुनेछ तर लगानीको प्रतिफल प्राप्त हुन केही ढिला सुस्ती हुन सक्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । प्रेममय दाम्पत्य सुखले मन प्रफुल्लित हुनेछ । वन्धु वान्धवसंगको सम्बन्ध भने नचाहाँदा नचाहाँदै विग्रने अवस्था आउनेछ अत: वाणीमा लगाम लगाउन आवस्यक देखिन्छ । विद्यार्थीहरूलाई अध्यन अध्यापनको क्षेत्रमा पूर्वार्ध भन्दा उत्तरार्धमा सफलता मिल्नेछ । विज्ञान विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ । नोकरीगर्नेहरूलाई ख्याती एवम् प्रसंसा कमाउने योग छ । वैदेशिक रोजगामा लागेका व्याक्तिहरूलाई अधिक सफलता मिल्नेछ । बित्तिय तथा न्यायिक पेसामा आवद्ध जातकहररूलाई पनि लाभ मिल्नेछ । स्वास्थ्या सामान्य समस्या देखिने हुदा अनावश्यक उपचार खर्च बढ्नेछ । कान तथा आँखामा समस्या देखिने । मधुमेह बढ्ने अधिक सम्भावना छ, सजक रहनु होला । शुभ रङ्ग: सेतो, पहेंलो, गुलाबी र रातो शुभ रङ्ग हो । शुभ अङ्क: १, २, ३ र ९ शुभ अङ्क हो । के गर्ने:- महाकाल शनि मृत्युञ्जय पाठ, हनुमानचालिसाको पाठ एवम् शिवजीको आराधना र पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ । शनिलाई खुसि पार्नसके आकस्मिक सफलता मिल्नेछ । दूध चढाएर शिवजीको आराधनागरी असहाय व्यक्तिलाई भोजन र वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आश्विन १८ गते सम्म एकादश/आय भावमा रहने वृहस्पतिले धन, विद्या र बुद्धिको विकास हुनेछ । आश्विन १९ गते बाट व्यय भावमा बृहस्पति जानाले खर्चबढाउनुकासाथै विदेशीनु पर्नेछ । फाल्गुन १९ गतेबाट जन्म राशिमा आउने वृहस्पतिले शुभ/अशुभ मिश्रित फल दिनेछ । शनिको मध्य साडेसातिको प्रभाव वर्षभरिनै रहनाले उक्त समय केहि संघर्षमय रहनेछ । जन्म कुण्डलिमा यदि शनि कमजोर भए अनावस्यक विविध समस्या आईपर्ने, अन्तिम समयमा काम बिग्रिने, झुटा आरोप लाग्ने तथा कार्यमा ढिलासुस्ती हुने र दुर्घटनाको भए रहनेछ । दाम्पत्य जीवन सुखद रहने सङ्केत देखिंदैन, ससाना कुरामा विवाद र तनाव भइरहने छ । पार्टनरसिपमा गरिएको कारोबार फलदायी हुँदैन । विवाद र कलहको योग पनि देंखिदैछ, नजिकका मित्र तथा पति वा पत्नीसित हेलचक्र्याइँ गर्नु र जिस्किनुको परिणाम खराब हुने भएकाले मुखलाई नियन्त्रणमा राखेको जाति हुनेछ । अत्यधिक मिहिनेत र खटाइले गर्दा शरीरमा पोषक तत्त्वको कमी हुनेछ, परिणामतः शारीरिक कमजोरीको अनुभूति हुनसक्छ । कार्यक्षेत्रको बोझ र एकान्तप्रिय हुनाले नातेदार र परिवारका सदस्य टाढिने सम्भावना छ, त्यसैले सामाजिकतामा विशेष ध्यान पुर्याउनु पर्छ । तर पेसा वा व्यवसायमा प्रशंसाको भागीदार भइने छ । सेयर बजारमा लगानी नगरेकै राम्रो हुनेछ । खाद्यान्न तथा होटल व्यवसाय गर्नेहरूका लागि यो बर्ष निकै फाइदाजनक देखिन्छ । फाल्गुन १९ गतेबाट व्यापारमा अपेक्षाकृत लाभ नहुने र आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुकासाथै सम्बन्ध लगन गाठोमा बाँधिनेछ । पारिवारिक मन मुटाव कमभई दाम्पत्य सुखमा रमाउने समय आएको छ । टाढिएका पुराना साथीहरूसंग पुनर्मिलनको योग छ । शत्रु बढ्ने सम्भावना रहेकाले विचार पुर्याएर सम्बन्ध गाँस्नु होला । पढाई लेखाईमा उल्लेख्य सुधार आउनेछ । विशेषगरी विदेशिएका विद्यार्थीहरूले सफलता हाँसिल गर्नेछन् । पत्रकारिता एवंम् राजनीतिक क्षेत्रका शिक्षार्थीहरूलाई उच्च सफलता मिल्नेछ । अध्ययन तथा कामको शिलशिलामा देश बिदेशको यात्रा हुँनेछ । गणित विषयभने कमजोर रहनेछ । पेसा वा रोजगारमा श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ कार्यको अनुभव मिल्नेछ । जागिरमा प्रमोसनको सम्भावना कम भएपनि जागिर भन्दा व्यापार नै राम्रो हुनेछ तर शत्रु पछि पर्नाले सरकारी निकायको भय रहनेछ । शरीरमा आलस्य र मनमा निराशा छाउनेछ । ज्वरो आउने र मानसिक चिन्ता पनि बढ्नेछ । सवारि साधनको प्रयोग गर्दा वा पैदल यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ । शुभ रङ्गः पहेंलो, गुलाबी, घ्यूरंग र सुन्तलारङ्ग शुभ रङ्ग हो । शुभ अङ्कः २, ३, ५, ७ र ९ शुभ अङ्क हो । के गर्ने:- बर्ष भरि आईतवार सूर्य, बिहिवार विष्णु र शनिवार पीपलमा जल चढाई हनुमानजी या भगवतीको पूजा गर्ने । बिहिवार बाँदरलाई चना या केरा दिने यसका साथै गरीवलाई अन्न तथा वस्त्र दान गर्नाले ग्रहवाधा निवारण भई अधिक सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मिश्रीत फल लिएर आएको छ । आश्विन १८ गतेसम्म राज्यभावमा बस्ने बृहस्पतिले राज्य तथा समाजीक कार्यमा प्रगती हुनेछ । आश्विन १९ गतेबाट फाल्गुन १९ गतेसम्म आय भावमा गोचर गर्ने बृहस्पतिले पद र प्रतिष्ठा प्राप्त मिल्नेछ अत: भाग्यले साथ दिनेछ । फाग्गुन १९ गतेबाट खर्च भावमा जाने बृहस्पतिले मानसिक चिन्ता बढाउनेछ ।मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत यस अवधिको उपयोग गर्नुपर्छ । धार्मिक र सामाजिक क्षेत्रको कुनै प्रमुख व्यक्तिसित सम्पर्क हुनसक्छ । आफ्नो कामलाई पूर्ण गर्ने अत्यधिक उत्साह हुनेछ । परिवारिक वातावरणबाट पनि सहयोग मिल्नेछ । लामो यात्रा फलदायी सिद्ध हुनेछ । परिवारमा नयाँ सदस्यको आगमन हुनसक्छ । कार्यालयका हाकिम वा सिनियरहरूले सहयोग र प्रशंसा गर्नेछन् । बढुवा, प्रशंसा वा पुरस्कार प्राप्त हुनेछ । तर प्रेमीप्रेमिका वा पतिपत्नीको आन्तरिक सम्बन्धमा भने यदाकदा खटपट र निराशाको वातावरण कायम हुनेछ । स्वास्थ्यस्थितिमा मौसमी रोगव्याधिको प्रकोप रहने भएकाले सचेत हुनुपर्छ । फाल्गुन ९ गतेसम्म व्यापार भावमा गोचर गर्ने राहु र राशिभावमा गोचर गर्ने केतुले पेसा र व्यापारको लागी देश बिदेशका यात्रा हुँनेछ भने अकस्मात धन तथा सम्पत्तिमा बृद्धि हुनेछ । वर्षभरि नै शनिको अढैयाको प्रभावले कार्यमा ढिलासुस्ती र चोटपटकको भए रहनेछ यदि जन्म कुण्डलिमा शनि उच्च तथा स्वगृह, मित्रगृह तथा ३,६,११औं भावमा भए शुभ फल प्राप्त हुनेछ । ऋणमा डुबिने भय छ । पैसा फस्ने तथा धनमाल हराउने योग भएकाले अलि बढी सजग रहनुहोला । सेयर बजारबाट नोक्सानी नै वेहोर्नु पर्नेछ । घर जग्गा तथा स्थाई सम्पतिबाट भने सफलता मिल्नेछ । आर्थीक दृष्टिले असार, कार्तिक र चैत्र महिना शुभ रहनेछ ।घरमा आफन्त तथा अग्रजहरू सँग बिवाद बढ्नेछ । प्रेमी र प्रेमिकाका बिच केही अफ्ठ्यारो परिस्थितीहरू सिर्जना हुनेछ । सहकर्मी तथा आफन्तसंग मनमुटाव बढ्नेछ ।शैक्षिक क्षेत्रबाट मानोवाञ्छित सफलता पईनेछ । विज्ञान तथा प्रविधी विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । शैक्षिकक्षेत्रबाट भदौ र फाल्गुन महिनामा अधिक सफलता मिल्नेछ । खोज तथा अनुसन्धानका क्षेत्रमा प्रगति हुँनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । न्यायिक निर्णहरू तपाईको पक्षमा नहुन सक्छन् । पारिवारिक स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । वन्धु वान्धवसंगको सम्बन्धमा नचाहाँदा नचाहाँदै चिसोपना आउनसक्छ । शुभ रङ्गः पहेंलो, हरियो, खौरो र गुलाबी शुभ रङ्ग हो । शुभ अङ्कः ३, ५ र ७ शुभ अङ्क हो ।के गर्ने:-वर्ष भरि शनिदेवको पूजा, आराधना, शान्ति एवम् शनिस्तोत्र पाठ गर्ने/गराउने साथै शनिवार पीपलमा जल चढाउने, हरेक शनिवार शक्तिपीठ तथा हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रत्येकदिन निमुखा प्राणीहरूलाई आहार दिनाले कार्यमा सफलता पईनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यस वर्ष सानो प्रयासले ठुलो सफलता मिल्नेछ । आश्विन १८ गतेसम्म भाग्य स्थानमा र फाल्गुन १९ सम्म राज्यभावमा रहने बृहस्पतिले उच्च पदप्राप्ति तथा भाग्यमा वृद्धि हुनेछ । फाल्गुन १९ गते पछि बृहस्पति आय स्थानमा रहनाले व्यवसायीक सन्दर्भमा वैदेशिक यात्रा हुनेछ । वर्षभरि नै शनि अनुकुल स्थानमा रहनाले भौतिक सुखमा बढोत्तरी हुनेछ । फाल्गुन ९ गतेसम्म शत्रु भावमा राहुले गोचर गर्ने भएकाले खर्च बढ्नुका साथै मानसिक चिन्ता बढ्नेछ ।
वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । व्यापार र नोकरीको सिलसिलामा अधिकतम समय घुमफिरमा बित्नेछ । भ्रमण र पर्यटनका लागि अनुकूल समय छ । शत्रुको प्रतिष्ठा गिराउन सफल भइने छ । पारिवारिक जीवन सुखद हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । कर्मचारीले राम्रो फाइदा बटुल्न सक्नेछन्, इच्छाएको जिम्मेबारी प्राप्त गर्न सकिने छ । अध्यात्म र धार्मिक गतिविधिमा रुचि जागृत हुनेछ । प्रतिस्पर्द्धी र शत्रुको नाश हुनेछ । ऋणभारमा कमी आउने छ । स्वास्थ्यस्थितिसमेत अनुकूल रहने छ । बालबच्चाबाट सुख र सन्तुष्टि प्राप्त हुनेछ । पारिवारिक र दाम्पत्य सम्बन्धको भरपूर सुख भोग गर्न पाउनु हुनेछ । विशेषगरी व्यापारमा लागेकाहरूका लागि समय निकै राम्रो छ । घर,जग्गामा गरेको लगानीबाट चमत्कारी परिणाम आउनसक्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट अपार सफलता मिल्नेछ । शेयर बजारको कारोवार मध्यम रहनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट मनग्य फाईदा मिल्नेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । पुत्र प्राप्तिको सम्भावना प्रवल रहेको छ । लामो समयदेखि प्रेम सम्बन्धमा अल्झेकाहरूले वैवाहिक जीवन प्रारम्भ गर्नेछन् ।यो वर्ष विद्यार्थीहरूका लागि मध्यम नै रहनेछ । इन्जिनियर एवम् राजनीतिक क्षेत्रका शिक्षार्थीहरूलाई उच्च सफलता मिल्नेछ । अध्ययनको शिलशिलामा घुमफिर तथा देश विदेशको यात्रा हुँनेछ । मनोरञ्जन र कुटनितिको क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मन/सम्मान मिल्नेछ । जागिरेहरूलाई सरुवा र बढुवा प्राप्तीको योग रहेकोछ । न्यायिक निर्णहरू तपाईको पक्षमा नहुन सक्छन् । कान तथा आँखाको समस्या देखा पर्नेछ । चोट-पटकको भय रहनेछ । पारिवारिक स्वस्थ्मा समस्या देखिनेछ । पुराना रोगहरू बल्झने तथा दीर्घकाल रोग लाग्न सक्नेछ अत: विचार पुर्याउनु होला । शुभ रङ्गः निलो, हरियो, पहेंलो र घ्यूरङ्ग शुभ रङ्ग हो । शुभ अङ्कः ३, ५ र ८ शुभ अङ्क हो ।के गर्ने :-वर्ष भरि दान-पुण्य गर्नाले मानशिक शान्ति मिल्नेछ । मंगलवार गणेशजी, शनिवार भैरवजी र सोमवार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । सूर्यलाई अर्घ्य दिई शिवजीलाई जल चढाउनाले ग्रहबाधा कम हुनेछ । प्रत्येकदिन कुकुरलाई रोटी र परेवालाई चारो दिनाले भाग्यमा वृद्धि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मीन राशि भएका व्याक्तिहरूका लागि २०७५ साल पूर्वार्ध भन्दा उत्तरार्ध फलदायी रहनेछ । आश्विन १८ गतेसम्म बृहस्पति तपाईंको राशिबाट आठौं कष्टस्थानमा गोचर गर्ने बृहस्पतिले कष्टकर यात्रा हुनुका साथै केही नराम्रो फल तथा अधिक खर्च गराउनेछ । आश्विन १९ गतेबाट फाल्गुन १९ गतेसम्म भाग्यस्थानमा रहने बृहस्पतिले भौतिक सुख तथा आफ्नो अनुकूलताको फल मिल्नेछ । फाल्गुन १९ गतेबाट राज्य भावमा प्रवेश गर्ने बृहस्पतिले अनुहारमा कान्ति र मनमा शान्ति प्रदान गर्नेछ । वर्षभरिनै राज्य भावमा बस्ने शनिले अनावस्यक झमेला बढाउनेछ ।गरिएको परिश्रम र मिहिनेतको परिणाम उल्लेखनीय र लाभप्रद रहने छ । घरपरिवारका सदस्यहरूले काममा सघाउ पुर्याउन सक्दैनन् । बालबच्चाको स्वास्थ्यस्थितिमा असर पर्ने वर्ष छ, तिनको खानपान र आहारविहारमा सचेतता अपनाउनु पर्दछ । सकेसम्म समय निकालेर घरपरिवारको भावना बुझ्ने प्रयास गर्नु राम्रो हो । आर्थिक पक्ष जोखिमयुक्त छ, सट्टापट्टा, साझेदारी वा जुवाजन्य क्रियाकलापबाट फाइदा हुने देखिंदैन । भ्रम र उच्चाकाङ्क्षा हानिकारक बन्ने भएकाले समस्यामा जान्नेबुझ्ने र गुरुजनको राय लिनु वाञ्छनीय देखिन्छ । मनमा आवेश र अहङ्कारको प्रवेश हुनु हुँदैन, संयमता र धैर्यताका निमित्त योग र ध्यानमा समय दिनुपर्छ ।
स्वास्थ्यमा लगानी गर्नेहरूले सजग रहनुहोला । जेठ महिनामा केहि धनमाल हराउने योग छ । आर्थिक दृष्टिकोणले भाद्र, पौष र माघ पहिना शुभ रहेका छन् । प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाह सम्पन्न हुनेछ । कात्तिक बाट प्रेमी र प्रेमिकाका घर परिवार बाट केहि अफ्ठ्यारा परिस्थितीहरू सिर्जना हुनेछ । दाजुभाई तथा घरपरिवार बाट टाढिनु पर्नेछ ।शैक्षिकक्षेत्रबाट सोचेअनुसार प्रतिफल नमिल्ला । विद्यार्थीहरूलाई पढाई लेखईमा रुचि घट्नेछ । गणित विषयका बिद्यार्थीहरूको लागि यो वर्ष कमजोर सावित हुनेछ । शैक्षिकक्षेत्रबाट मंसिर र माघ महिनामा अधिक सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ रोजगारको अवसर मिल्नेछ । निजामती कर्मचारी हरूको सरुवा तथा बढुवा हुने योग छ । मेडिकल पेसामा अधिक सफलता मिल्नेछ । यो बर्ष बैदेशिक रोजगारमा जानेहरूका लागि राम्रो छ । शरीरमा आलस्य र मनमा निराशा छाउनेछ । परिवारको स्वाथ्यमा धन खर्च हुनेछ । ज्वरो आउने र मानसिक चिन्ता पनि बढ्नेछ । सवारि साधनको प्रयोग गर्दा वा पैदल यात्रा गर्दा ध्यान दिनुहोला । यात्रामा विशेष सावधानी अपनाउनुपर्नेछ । शुभ रङ्गः रातो, पहेंलो,गुलाबी र सुन्तलारङ्ग शुभ रङ्ग हो । शुभ अङ्कः १, २, ३ र ७ शुभ अङ्क हो ।के गर्ने:- शनिवार पीपलमा जल चढाउने र भगवतीको दर्शन गर्नाले ग्रहवाधा कम हुनेछ । शनिवार शिवजी र विहिवार विष्णु भगवानको दर्शन गरी विद्यार्थीहरूलाई सहयोग गर्ने र घरमा केराको वृक्ष लगाउने । निमुखा प्राणीहरूलाई आहार दिनाले भाग्यमा वृद्धि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *