आजको राशिफल

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ १९ गते,शुक्रबार, इश्वी सन् २०१८ फेब्रुवरी २ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण, शिशिर ऋतु,नेपाल संवत् ११३८ सिल्लागा,फाल्गुण कृष्णपक्ष, तिथि– द्वितीया, १५:४० बजेउप्रान्त तृतीया,नक्षत्र– मघा, १५:५१ बजेउप्रान्त पूर्वफाल्गुनी,योग– शोभन, २२:२७ बजेउप्रान्त अतिगण्ड, करण– गर, १५:४० बजेदेखि वणिज, २६:५३ बजेउप्रान्त भद्रा,आनन्दादिमा काण योग,चन्द्रराशि– सिंह, सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:४४ बजे र दिनमान २७ घडी ०९ पला।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २० गते, शनिबार, इश्वी सन् २०१८ फेब्रुवरी ३ तारिख, शकसंवत् १९३९,साधारण संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३८ सिल्लागा, फाल्गुण कृष्णपक्ष,तिथि– तृतीया, १४:१० बजेउप्रान्त चतुर्थी, नक्षत्र– पूर्वफाल्गुनी, १५:०१ बजेउप्रान्त उत्तरफाल्गुनी, योग– अतिगण्ड, २०:०७ बजेउप्रान्त सुकर्मा,करण– भद्रा, १४:१० बजेदेखि वव, २५:३४ बजेउप्रान्त वालव, आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– सिंह, २०:५३ बजेउप्रान्त कन्या, सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:४५ बजे र दिनमान २७ घडी १३ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुनेछ,आजको शुभ अंक १० रहेको छ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बाेली–व्यवहारमा हाेस नपुग्दा विवाद उत्पन्न हुन सक्छ,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
काम बिग्रने भयले सताउनेछ,बेवास्ता गर्दा दुःख पाइनेछ, आजको शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ,आजको शुभ अंक ३ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रियजनसँगगको भेटघाटले साता रमाइलाे रहनेछ,आजको शुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खर्च बढ्नाले अर्थ संकट देखा पर्न सक्छ,आजको शुभ अंक ११ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला,आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–
परिस्थितिले विशेष अवसर दिलाउन सक्छ,आजको शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले काम रोकिन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्य कमजोर रहे पनि मेहनत गर्दा सफलता मिल्नेछ , आजको शुभ अंक १ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लगनशीलताले प्रतिष्ठित काम गर्ने अवसर दिलाउनेछ,आजको शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुने समय छ,आजको शुभ अंक १० रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *