आजको राशिफल

mahamirtunjaya

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
सोमबार व्रतविधि
यो व्रत श्रावण, चैत, वैशाख, कात्तिक वा मंसिर महिनाको शुक्लपक्षको पहिलो सोमबारबाट प्रारम्भ गर्नुपर्दछ । यो व्रत पाँच वर्ष, चौध वर्ष अथवा सोह्र वर्षसम्म श्रद्धा र भक्तिका साथ विधिपूर्वक गर्नु पर्दछ। चैत्र शुक्ल अष्टमी तिथि, आर्द्रा नक्षत्र, सोमबार वा श्रावण महिनाको पहिलो सोमबारबाट व्रत सुरु गरेमा एकदमै ठूलो फल प्राप्त हुन्छ। व्रत आरम्भ गर्दा बिहान सबेरै उठेर पानीमा कालो तिल मिसाई नुहाउनु पर्दछ, त्यसपछि ‘ॐ नमः शिवाय’ लगायत शिवकू मन्त्र वा प्रार्थनाद्वारा शिव-पार्वतीको पूजा गर्नु पर्दछ, सेतो वस्त्र लगाएर सेतो फूल, सेतो चन्दन, पञ्चामृत, अक्षता, सुपारी, बेलपत्र आदिले पूजा गर्नु पर्दछ, पूजा गरिसकेपछि ब्राह्मणलाई दान, दक्षिणासहित भोजन गराइसकेपछि मात्रै आफूले भोजन गर्नुपर्दछ। सोमबारको व्रत भरिसक्य निर्जल, निराहार अथवा एक छाक अलिनो खान्की ग्रहण गरी सम्पादन गर्ने शास्त्रीय मान्यता छ। व्रतको समापन पनि माथि उल्लेखित महिनामा परे उत्तम मानिन्छ। सोमबारको व्रत लिनाले मानसिक शान्ति, धन, पुत्रप्राप्ति, पतिप्राप्ति एवं सबै किसिमको कष्टबाट छुटकारा प्राप्त हुनेछ।

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २२ गते,सोमबार,इश्वी सन् २०१८ फेब्रुवरी ५ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर,उत्तरायण, शिशिर ऋतु, नेपाल संवत् ११३८ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– पञ्चमी, १२:२५ बजेउप्रान्त षष्ठी,नक्षत्र– हस्त, १४:३५ बजेउप्रान्त चित्रा,योग– धृति, १६:२६ बजेउप्रान्त शूल, करण– तैतिल, १२:२५ बजेदेखि गर, २४:१६ बजेउप्रान्त वणिज, आनन्दादिमा वज्र योग, चन्द्रराशि– कन्या, २६:४५ बजेउप्रान्त तुला, सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:४६ बजे र दिनमान २७ घडी १९ पला।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २३ गते,मंगलबार, इश्वी सन् २०१८ फेब्रुवरी ६ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण, शिशिर ऋतु, नेपाल संवत् ११३८ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– षष्ठी, १२:१५ बजेउप्रान्त सप्तमी,नक्षत्र– चित्रा, १५:०३ बजेउप्रान्त स्वाती,योग– शूल, १५:१० बजेउप्रान्त गण्ड, करण– वणिज, १२:१५ बजेदेखि भद्रा, २४:२१ बजेउप्रान्त वव,आनन्दादिमा ध्वांक्ष योग, चन्द्रराशि– तुला,सूर्योदय– ६:५० बजे, सूर्यास्त– १७:४७ बजे र दिनमान २७ घडी २३ पला।,द्विपुष्कर योग १२:१५ देखि १५:०३ बजेसम्म।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
एकआपसमा तनाव उत्पन्न हुनसक्छ ,आजको शुभ अंक ७ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समस्त समस्याहरूको स्वतः समाधान हुनेछन्,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
आवश्यकता भन्दा बढी आत्मविश्वास हुनेछ ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
राम्रो व्यवहार पुर्याउन नसक्नाले झगडा र विवाद हुनेछ , आजको शुभ अंक १० रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मातापिताको कृपा र आशीर्वाद प्राप्त हुनेछ ,आजको शुभ अंक ११ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
साथीभाइले नोक्सान पुर्याउने छन् र समस्या भोग्नुपर्छ ,आजको शुभ अंक ३ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
भेटघाट हुनेछ र तिनीहरूको सल्लाह र सद्भाव प्राप्त हुनेछ ,आजको शुभ अंक १० रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
लगानीमा रहेका रकम फिर्ता आउने योग छ ,आजको शुभ अंक ८ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्नेछ , आजको शुभ अंक ६ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
तपाईंले अत्यधिक सम्मान प्राप्त हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
किनमेल र कारोबारहरू सफलतम सिद्ध हुनेछन् , आजको शुभ अंक ४ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बहुप्रतीक्षित इच्छा र उद्देश्यमा सफलता आर्जन हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *