आजको राशिफल

su7

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
बिहीबार व्रतविधि
वैवाहिक सुख प्रप्तिका लागि,गुरु बृहस्पतिको अनिष्ट फ़ल निवारणका निम्ति तथा विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि बिहिबारको व्रतको सम्पादन गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो बिहिबारबाट सुरु गर्नुपर्दछ । अझ त्यसदिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ। यो व्रत १३ महिना वा कम्तीमा ७ महिनासम्म लिनुपर्दछ भन्ने मान्यता छ। व्रतको दिन स्नान गरेर शुद्ध भई पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा ५ माला जाप गर्नुपर्दछ । बिहिबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने प्रचलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, लड्डु आदिको दान गर्नुपर्दछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २५ गते,बिहीबार, इश्वी सन् २०१८ फेब्रुवरी ८ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३८ सिल्लागा,फाल्गुण कृष्णपक्ष, तिथि– अष्टमी, १३:२७ बजेउप्रान्त नवमी,नक्षत्र– विशाखा, १७:३० बजेउप्रान्त अनुराधा, योग– वृद्धि, १३:४९ बजेउप्रान्त ध्रुव, करण– कौलव, १३:२७ बजेदेखि तैतिल, २६:०४ बजेउप्रान्त गर,आनन्दादिमा प्रवर्द्ध योग, चन्द्रराशि– तुला, ११:०५ बजेउप्रान्त वृश्चिक,सूर्योदय– ६:४९ बजे, सूर्यास्त– १७:४९ बजे र दिनमान २७ घडी ३० पला। वर्त/पर्व- गोरखकाली पूजा।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २६ गते, शुक्रबार, इश्वी सन् २०१८ फेब्रुवरी ९ तारिख, शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३८ सिल्लागा, फाल्गुण कृष्णपक्ष, तिथि– नवमी, १४:४८ बजेउप्रान्त दशमी, नक्षत्र– अनुराधा, १९:२५ बजेउप्रान्त ज्येष्ठा,योग– ध्रुव, १३:४२ बजेउप्रान्त व्याघात, करण– गर, १४:४८ बजेदेखि वणिज, २७:३७ बजेउप्रान्त भद्रा,आनन्दादिमा राक्षस योग,चन्द्रराशि– वृश्चिक, सूर्योदय– ६:४८ बजे, सूर्यास्त– १७:४९ बजे र दिनमान २७ घडी ३४ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
सफलता मिल्नेछ,न्यायिक क्षेत्रमा अल्झिएका काम सुचारु हुनेछन्,आफन्तको भरणपोषणमा खर्च बढ्नेछ,आजको शुभ अंक २ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
लामो समयदेखि नबनेको काम बन्नेछ ,व्यावसायिक कार्यमा लाभ मिल्नेछ, प्रेमी–प्रेमिकाबीच तनावको अन्त्य हुनेछ,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)–
अवसर मिल्नेछ,न्यायिक तथा सामाजिक क्षेत्रमा पनि सफलता हात लाग्नेछ,दाम्पत्य जीवन सुखमय रहला,आजको शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
सामान खरिद गरिएला,रोकिएको काम सुचारु हुनेछन्,राजनीतिक असमझदारीका कारण दौडधूप बढ्नेछ,आजको शुभ अंक ७ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
नयाँ योजना बन्नेछन्,राजनीतिक विवाद बढ्नेछ,व्यापारव्यवसायमा सफलता मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
लगानीबाट राम्रो प्रतिफल आउनेछ, यात्राका योजना बन्नेछन्,राजनीतिक विवादको सामना गर्नुपर्ने देखिन्छ,आजको शुभ अंक ७ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
दायित्व बढ्ने देखिन्छ,पारिवारिक सम्बन्धमा सुधार देखापर्नेछन्, मनोरञ्जन तथा सञ्चारक्षेत्रमा सफलता मिल्नेछ,आजको शुभ अंक १ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
सुमधुर सम्बन्ध कायम हुनेछ, स्वास्थ्यमा बाधा उत्पन्न हुनेछ,राजनीतिमा कलहले खन्न बनाउँला,आजको शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
योजना बन्नेछन्,न्यायिक क्षेत्रमा सफलता मिल्नेछ,स्वास्थ्यमा बाधा उत्पन्न होला,आर्थिक स्थितिमा सुुधार आउनेछ,आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
विलासिताका सामग्री जोडिएलान्,कूटनीतिक कार्यमा सहभागिताको योग देखिन्छ, दाम्पत्य जीवन सुखमय रहला,आजको शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
राजनीतिक तथा सामाजिक कार्यमा सहभागिताको अवसर मिल्नेछ, स्वास्थ्यमा बाधा उत्पन्न हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
अचल सम्पत्ति किनबेचमा विचार पु¥याउनुहोला,असन्तुष्टि बढ्नेछ,राजनीतिक विरोधको सामना गर्नुपर्ला,आजको शुभ अंक ९ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *