आजको राशिफल

su8

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल फागुन ३ गते,बिहीबार,इश्वी सन् २०१८ फेब्रुवरी १५ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण, शिशिर ऋतु,नेपाल संवत् ११३८ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– औंसी, २६:१८ बजेउप्रान्त प्रतिपदा,नक्षत्र– श्रवण, ७:४१ बजेउप्रान्त धनिष्ठा, योग– वरियान्, १५:५८ बजेउप्रान्त परिघ, करण– चतुष्पद, १३:३४ बजेदेखि नाग, २६:१८ बजेउप्रान्त किंस्तुघ्न, आनन्दादिमा ध्वज योग, चन्द्रराशि– मकर, २०:४३ बजेउप्रान्त कुम्भ,सूर्योदय– ६:४३ बजे, सूर्यास्त– १७:५४ बजे र दिनमान २७ घडी ५६ पला।वर्त/पर्व- अमावश्या, दर्शश्राद्ध,हलो र निशि बार्ने औंसी, द्वापरयुगादि,धनिष्ठा पञ्चक २०:४३ बजे प्रारम्भ।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल फागुन ४ गते,शुक्रबार, इश्वी सन् २०१८ फेब्रुवरी १६ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३८ चिल्लाथ्व,फाल्गुण शुक्लपक्ष,तिथि– प्रतिपदा, २७:२५ बजेउप्रान्त द्वितीया, नक्षत्र– धनिष्ठा, ९:३८ बजेउप्रान्त शतभिषा,योग– परिघ, १५:५१ बजेउप्रान्त शिव,करण– किंस्तुघ्न, १४:४४ बजेदेखि वव, २७:२५ बजेउप्रान्त वालव, आनन्दादिमा धाता योग,चन्द्रराशि– कुम्भ, सूर्योदय– ६:४३ बजे, सूर्यास्त– १७:५५ बजे र दिनमान २८ घडी ०० पला।वर्त-पर्व- पञ्चक,ग्याल्पो लोसार।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
काममा अबरोध आउन सक्छ,मानसिक तनावले गर्दा अप्रिय दुर्घटना हुनसक्छ,सवारी साधनमा चनाखो हुनु होला,आजको शुभ अंक – ४ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोजगारीमा सफल भइनेछ,बोलीमा विचार पुराउनु होला,आफु भन्दा ठुलाको संगतले बिग्रियाको कम बन्ने सभावाना छ,आजको शुभ अंक – १० रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा दुविधा बढ्ने छ,विवादमा परीयला,मानसिक तथा शारीरिक पिडा पर्ने छ, बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक- १२ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा फलदाई हुनेछ, सामाजिक तथा धार्मिक क्षेत्रमा मन जानेछ, अचानक शरीरमा समस्या आउनेछ,आजको शुभ अंक – ६ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामान्य चोटपटक लाग्ने सम्भावाना छ, काम गर्दा सोच विचार गर्नु होला,आफन्त बाट धोका हुनसक्छ, आजको शुभ अंक -७ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
भोज भतेरमा सरिक भइनेछ,आजको दिन शुभ छ,शत्रुमाथि जित हासिल हुँदा काममा उत्साह बढ्नेछ,आजको शुभ अंक- ११ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
हतारमा काम गर्दा समस्या आउनसक्छ ,प्रेम जीवनमा ढोका हुन् सक्छ,खर्च बढ्नेछ ,विवाद पर्नसक्ने सम्भावना छ,आजको शुभ अंक-६ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ,काम बिग्रने भयले सताउनेछ भने मन खिन्न रहनेछ ,आजको शुभ अंक- ५ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
समयमा निर्णय लिन नसक्दा पछि परिनेछ,बोलीको कारणले आलोचित भइएला,आजको शुभ अंक- ९ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मौन बस्दा राम्रो हुनेछ,गौ माताको सेवा गर्दा हरेक समस्याको समाधान हुनेछ, नयाँ काम हात पर्न सक्छ, आजको शुभ अंक- १ रहेको छ ।

कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सोचेर गरिएको काममा सबैले तारिफ गर्नेछन,व्यवसायबाट मनग्य लाभ उठाउन सकिनेछ, आजको शुभ अंक -५ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
काममा धेरै समय खर्चनुपर्ला,हातमा आएको काम पनि गुमाउनु पर्नसक्छ, रोमारो संग सोच विचार गर्नुहोला,आजको शुभ अंक- ८ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *