• हाम्रो बारेमा
  • सम्पर्क
  • मुख्य पेज
  • दैनिक राशिफल
    • साप्ताहिक रासिफल
    • मासिक राशिफल
    • वार्षिक राशिफल
    • लग्न र राशि बमोजिम तपाँइको स्वभाव र रुचि
  • ज्योतिष विज्ञान
    • वास्तु शास्त्र
    • ज्योतिषशास्त्रसम्वन्धी-लेखहरु
    • काल सर्प योग : मान्यता र सिद्धान्त
  • धर्म/दर्शन
    • वृहतगुरु गिता
    • श्रद्धाभक्ति
    • सातै दिनको ब्रतको महाम्य र ब्रतकथा
    • श्री दुर्गासप्तशती (चण्डि)
    • सनातन धर्मका संस्कारहरु
  • मन्त्रसाधना
  • विविध
    • बर्षभरिका एकादशिको महाम्य र ब्रतकथा
    • यस बर्षका महत्वपुर्ण चाडपर्व र दिनहरु
    • समयशुद्धि, बिवाह र ब्रतबन्धका योगहरु
  • ज्योतिषशास्त्र
  • भविष्यवाणी
  • स्वास्थ्य
No Result
View All Result
  • मुख्य पेज
  • दैनिक राशिफल
    • साप्ताहिक रासिफल
    • मासिक राशिफल
    • वार्षिक राशिफल
    • लग्न र राशि बमोजिम तपाँइको स्वभाव र रुचि
  • ज्योतिष विज्ञान
    • वास्तु शास्त्र
    • ज्योतिषशास्त्रसम्वन्धी-लेखहरु
    • काल सर्प योग : मान्यता र सिद्धान्त
  • धर्म/दर्शन
    • वृहतगुरु गिता
    • श्रद्धाभक्ति
    • सातै दिनको ब्रतको महाम्य र ब्रतकथा
    • श्री दुर्गासप्तशती (चण्डि)
    • सनातन धर्मका संस्कारहरु
  • मन्त्रसाधना
  • विविध
    • बर्षभरिका एकादशिको महाम्य र ब्रतकथा
    • यस बर्षका महत्वपुर्ण चाडपर्व र दिनहरु
    • समयशुद्धि, बिवाह र ब्रतबन्धका योगहरु
  • ज्योतिषशास्त्र
  • भविष्यवाणी
  • स्वास्थ्य
No Result
View All Result
DibyaJyotish (दिव्य ज्योतिष)
No Result
View All Result

घरघरमा फुलपाती भित्र्याइदै फुलपाती भित्र्याउन साइत कुर्न नपर्ने

गुरु अदृश्य कृष्ण by गुरु अदृश्य कृष्ण
October 8, 2016
in समाचार पत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुएकोछ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पनि उहाँले बताउनुभयो ।

हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहेको हनुमानढोका हेरचाह अड्डाका मिठाराम पुडासैनीले जानकारी दिनुभयो ।

राजतन्त्र रहुन्जेल हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सरस्वती सिंहले जानकारी दिनुभयो । यस वर्षको फूलपाती शनिबार अपराह्न ४ बजे भित्र्याइने कार्यक्रम छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र हुने गर्छ । नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्छ ।

ShareTweetPin
Previous Post

टीकाको साइत पौने ९ बजे

Next Post

दिव्य दैनिक राशिफल

गुरु अदृश्य कृष्ण

गुरु अदृश्य कृष्ण

आफ्ना भावी कठिनाई, दुःखकष्टलाई पहिल्यै जानेर त्यसको रोकथाम साथै त्यसबाट सावधान रहन र घर, अफिस,पसल तथा जग्गाको वास्तु स्थिति अवलोकन तथा तन्त्र,मन्त्र, यन्त्र ज्योतिष सेवा बाट कुनै पनि समस्या समाधान तथा परामर्शको लागि........!

Next Post

दिव्य दैनिक राशिफल

यि पनि हेर्नुहोस्

सोमबारको राशिफल

December 8, 2019

बिहीबारको राशिफल

December 4, 2019

बुधबारको राशिफल

December 3, 2019

मंगलबारको राशिफल

December 2, 2019

सोमबारको राशिफल

December 1, 2019

आइतबारको राशिफल

November 30, 2019

हामी फेसबुकमा

हामी गुगलमा

© 2018 Dibya Jyotish - Designed by Webpal Nepal.

No Result
View All Result
  • About us
  • Contact us
  • Home

© 2018 Dibya Jyotish - Designed by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In