जय हिन्दु राष्ट्र नेपाल
हिमाल पहाड तराई कोहि छैन पराई जय नेपाल
अाजको पञ्चाङ्ग
वि.सं. २०७२ साल फागुन २६ गते,बुधबार,इश्वी सन् २०१६ मार्च ९ तारिख,शकसंवत् १९३७,कीलक संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३६ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– औंसी, ८:०६ बजेदेखि प्रतिपदा २९:५६ बजेउप्रान्त द्वितीया,नक्षत्र– पूर्वभाद्रपदा,२२:३५ बजेउप्रान्त उत्तरभाद्रपदा,योग– साध्य, १४:०५ बजेउप्रान्त शुभ,करण– नाग, ८:०६ बजेदेखि किंस्तुघ्न, १९:०३ बजेपछि वव २९:५६ बजेउप्रान्त वालव,आनन्दादिमा पद्म योग,चन्द्रराशि– कुम्भ, १६:५७ बजेउप्रान्त मीन,सूर्योदय– ६:२२ बजे, सूर्यास्त– १८:०८ बजे र दिनमान २९ घडी २६ पला। वर्त/पर्व-पञ्चक,स्नान–दान गर्ने तथा हलो बार्ने औंसी,खण्डग्रास सूर्यग्रहण,शेर्पा समुदायको पर्व– ग्याल्पो ल्होसार।मूहूर्त-अग्निवास(होमादि)।
भोलिको पञ्चाङ्ग
वि.सं. २०७२ साल फागुन २७ गते,बिहीबार,इश्वी सन् २०१६ मार्च १० तारिख,शकसंवत् १९३७,कीलक संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३६ चिल्लाथ्व,फाल्गुण शुक्लपक्ष,तिथि– द्वितीया,२७:३७ बजेउप्रान्त तृतीया,नक्षत्र– उत्तरभाद्रपदा, २१:०२ बजेउप्रान्त रेवती,योग– शुभ,११:०७ बजेउप्रान्त शुक्ल,करण– वालव,१६:४८ बजेदेखि कौलव,२७:३७ बजेउप्रान्त तैतिल, आनन्दादिमा छत्र योग,चन्द्रराशि– मीन,सूर्योदय– ६:२१ बजे, सूर्यास्त– १८:०९ बजे र दिनमान २९ घडी ३० पला। पञ्चक।मूहूर्त-अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास (होमादि), पसल थाप्ने, शिलान्यास(जग राख्ने), दैलो राख्ने, दीक्षाग्रहण।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आम्दानी प्रशस्तै बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,आजको शुभ अंक ११ रहेको छ ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आतिथ्यपूर्ण सम्मान पाइएला,अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला, रचनात्मक काम सुरु गर्ने मौका छ,आजको शुभ अंक १२ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रुहरू किनारा लाग्नेछन्,विभिन्न सहयोग र उपहार पाइनेछ, पारमा विशेष लाभ लिने समय छ, व्यास्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक ७ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,आजको शुभ अंक १० रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ, पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,आजको शुभ अंक १ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,आजको शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो भ्रमण सम्भावना छ,चिताएको काम समेत सम्पादन हुनेछ,पढाइलेखाइमा प्रगति हुनेछ, सरकारी कडिकडाउको सिकार भइनेछ,पारिवारिक भेटघाटको समय छ,आजको शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,आतिथ्यपूर्ण सम्मान पाइएला,टाढिएका साथीभाइ नजिकिनेछन्,आँटले काम लिन नसक्दा पछि परिनेछ, आजको शुभ अंक ५ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्,नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्, संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,प्रतिस्पर्धामा पनि विजयी भइनेछ,चोटपटक लाग्ने,आजको शुभ अंक ३ रहेको छ।
Discussion about this post