जय गुरु देव !! जय श्री हरि !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको – पञ्चाङ्ग
वि.सं. २०७६ असोज १, बुधबार, इ.स. २०१९ सेप्टेम्बर १८, शकसंवत् १९४१,परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ ञलगा, आश्विन कृष्णपक्ष, चतुर्थी, १५:१३ उप्रान्त पञ्चमी, नक्षत्र– भरणी, ३०:५१ बजेउप्रान्त कृत्तिका, योग– व्याघात, २३:०६ बजेउप्रान्त हर्षण, करण– वालव, १५:१३ बजेदेखि कौलव, २७:३५ बजेउप्रान्त तैतिल, आनन्दादिमा काण योग, चन्द्रराशि– मेष, का सूर्योदय – ५:५० बजे, सूर्यास्त– १८:०४ बजे र दिनमान ३० घडी ४ पला, चतुर्थी श्राद्ध,आश्विन संक्रान्ति। विश्वकर्मा पूजा। वास्तु दिवस।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ असोज २, बिहीबार, इ.स. २०१९ सेप्टेम्बर १९, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ ञलगा, आश्विन कृष्णपक्ष, पञ्चमी, १५:५० उप्रान्त षष्ठी, नक्षत्र– भरणी, ६:५१ बजेउप्रान्त कृत्तिका,योग– हर्षण, २२:२५ बजेउप्रान्त वज्र, करण– तैतिल, १५:५० बजेदेखि गर, २७:५७ बजेउप्रान्त वणिज, आनन्दादिमा पद्म योग,चन्द्रराशि– मेष, १३:०८ बजेउप्रान्त वृष, सूर्योदय– ५:५१ बजे, सूर्यास्त– १८:०३ बजे र दिनमान ३० घडी ० पला। पञ्चमी श्राद्ध।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,साझपख सुधार हुनेछ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आवश्यक सहयोग मिल्नेछ,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ , चोटपटकको सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक ७ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,महत्वपूर्ण काममा ध्यान दिनु होला,आजको शुभ अंक ९ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोकियका कामहरु बन्ने छन्,रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ५ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,परिवारमा बिश्वासको मत लिनसक्नु हुन्छ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ४ रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ८ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,टाढाको यात्रा सम्भावना छ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,आजको शुभ अंक ४ रहेको छ ।
Discussion about this post