धर्मका विषयमा यथार्थ रूपमा ज्ञान गर्न वेद, वेदाङ्ग, स्मृति, पुराण इत्यादि शास्त्रहरुको ठिक प्रकारले अध्ययन गर्न आवश्यक हुन्छ । तर वर्तमान समयमा त्यसो गर्न सक्ने मानिसहरु कम छन् । त्यसैले धर्मका विषयमा समाजमा भ्रमात्मक कुराहरु पनि फैलिइरहेको देखिन्छ । यहाँ वर्तमान समयमा धेरै मानिसहरुलाई स्पष्ट हुन नसकेको सनातनीका निम्ति आर्यसमाजीका कुरा किन अमान्य भए भन्ने विषय स्पष्ट पारिन्छ ।
आर्यसमाजीमा र सनातनीमा मूल विषयहरुमा नै तीव्र मतभेद भएकाले सनातनीले आर्यसमाजीहरुको कुरा स्वीकार्न सक्तैनसक्ने देखिन्छ । आर्यसमाजका प्रवर्तक दयानन्दले रचेको र आर्यसमाजीहरुले मूल पुस्तकका रूपमा मान्ने “सत्यार्थप्रकाश”का (चौतिसौँ संस्करण, अजमेर, वि.सं. २०२३) अन्तमा रहेको “स्वमन्तव्यामन्तव्यप्रकाश” भन्ने प्रकरणमा आर्यसमाजी दयानन्दका सिद्धान्तहरु दिइएका छन् ।
तिनमा दोस्रो सूत्रमा चार वेद ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदका जम्मा चार शाखाका मन्त्रभाग ईश्वरकृत हुनाले स्वतःप्रमाण र वेदका अरु ११२७ शाखा ऋषिकृत हुनाले परतःप्रमाण हुन् भनिएको छ । यसबाट दक्षिणभारतका ब्राह्मणहरुले कुलपरम्पराबाट पढ्दै आएको कृष्णयजुर्वेदका तैत्तिरीय शाखा समेतका वेदशाखाहरुलाई परतः प्रमाण (अर्थात् माथि भनिएका चार शाखाका मन्त्रभागका अनुकूल भए मान्य, नभए अमान्य भनेको कुरा स्पष्ट हुन्छ । यो कुरा जैमिनीय धर्ममीमांसासूत्रले र बादराणीय ब्रह्मीमांसासूत्रले सर्वशाखाप्रत्यय–न्यायद्वारा प्रतिपादन गरेको मूल वैदिक परमपराको अत्यन्त प्रतिकूल भएकाले सनातनीले मान्दैनमान्ने कुरा हो । तैत्तिरीयशाखा आदि वेदशाखाका अनुयायी अध्येता ब्राह्मणहरुले आर्यसमाजी उक्त सिद्धान्तको तीव्र विरोध गर्नु अत्यन्तै स्वाभाविक देखिन्छ ।
सोरौँ सूत्रमा वर्णाश्रम गुण–कर्मका योग्यताले मान्ने कुरा छ । किन्तु आर्यसमाजी दयानन्दको त्यो कुरा जन्मले जाति मानिने कुरा देखाउने वेद स्मृति र पुराणका सयौँ वचनको विरुद्ध छ । वेद, स्मृति र पुराणमा जन्मना जाति बताउने धेरै वचन छन् । जस्तै— “ब्राह्मणोऽस्य मुखमासीत्” (ऋग्वेद १०।९०।१२), “गायत्री छन्दो रथन्तरं साम ब्राह्मणो मनुष्याणामजः पशूनां तस्मात् ते मुख्या मुखतो ह्यसृज्यन्त” (तैत्तिरीयसंहिता ७।१।१।४–६) “आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायताम्” (शुक्लयजुर्वेद २२।२२), “प्रज्ञा वर्धमाना चतुरो धर्मान् ब्राह्मणमभिनिष्पादयति” (शतपथब्रा. ११।५।७।१), विद्या ह वै ब्राह्मणमाजगाम गोपाय मा शेवधिष्टेहमस्मि” (संहितोपनिषद्ब्राह्मण, तृतीय खण्ड, निरुक्त २।१।४), “दशम्यामुत्थाप्य पिता नाम करोति …. शर्म ब्राह्मणस्य” (पारस्कर १।१७।१–४), “लोकानां तु विवृद्ध्यर्थं मुख–बाहूरुपादतः । ब्राह्मणं क्षत्रियं वैश्यं शूद्रं च निरवर्तयत्” (मनुस्मृति १।३१), “तपस् तप्त्वाऽसृजद् ब्रह्मा ब्राह्मणान् वेदगुप्तये । हव्यकव्याभिवाह्याय धर्मसंरक्षणाय च” (याज्ञवल्क्यस्मृति १।१९८), “जन्म–शारीर–विद्याभिराचारेण श्रुतेन च । धर्मेण च यथोक्तेन ब्राह्मणत्वं विधीयते” (आङ्गिरसस्मृति १।४।९), “ससर्ज ब्राह्मणान् वक्त्राद् (कूर्मपुराण १।२।२५), “जन्मना ब्राह्मणो गुरुः” (भागवत १०।८।६), “न द्विजातिरहं राजन् मा भूत् मनसो व्यथा । शूद्रायामस्मि वैश्येन जातो नरवराधिप” (वाल्मीकिरामायण ३।६३।५०), जन्मनैव महाभागो ब्राह्मणो नाम जायते । नमस्यः सर्वभूतानामतिथिः प्रथिताग्रभुक्” (महाभारत, अनुशासनपर्व ३५।१), “सर्वेषां जन्मना जातिर् नान्यथा कर्मकोटिभिः । पश्वादीनां यथा जातिर् जन्मनैव न चाऽन्यथा” (स्कन्दपुराण सूतसंहिता १।१२।५१), “तपः श्रुतं च योनिश् चेत्येतद् ब्राह्मणकारणम् । तपःश्रुताभ्यां यो हीनो जातिब्राह्मण एव सः (पाणिनीय व्याकरण भाष्य २।२।६, ५।१।१५५) इत्यादि । यस्ता सयौँ श्रुति–स्मृति–पुराणादिका वचनहरुको, परम्पराको र c
सत्ताइसौँ सूत्रमा शवदाहपछि मृतकका लागि केही पनि गर्न पर्दैन भन्ने कुरा छ । त्यो कुरा शुक्लयजुर्वेद संहितामा आएको एकोद्दिष्टश्राद्धसम्बन्धी “अपहता असुरा रक्षांसि वेदिषदः” इत्यादि मन्त्रको (२।२९–३४, ९।१९), सपिण्डीकरणादि पार्वणश्राद्धका “आयन्तु नः पितरः” इत्यादि मन्त्रको (१९।५८) पिण्डपितृयज्ञको विधान गर्ने शतपथब्राह्मणका “अथैनं पितरः प्राचीनावीतिनः” इत्यादि सन्दर्भको (२।४।२।१–२४), कात्यायनश्रौतसूत्रका “अपराह्णे पिण्डपितृयज्ञश् चन्द्रादर्शनेऽमावास्यायाम्” इत्यादि सन्दर्भको (४।१।१–३१), पारस्करगृह्यसूत्रका “अथोदककर्म” इत्यादि प्रेतकृत्यसम्बन्धी कण्डिकाको (३।१०) र अन्य अनेक स्मृति–पुराणहरुका विधानको पनि विरुद्ध हुनाले त्यसलाई वेद–वेदाङ्ग स्मृतिपुराणादिमा श्रद्धा गर्ने सनातनीहरुले मान्न सक्ने कुरै हँुदैन ।
एक्काइसौँ सूत्रमा पाषाणादि जडमूर्तिहरुलाई सर्वथा अपूज्य मान्ने कुरा छ । सनातनी वैदिकहरुका धर्ममा पनि मूर्तिपूजा मुख्य नभए पनि कुनै अधिकारीका लागि मूर्तिपूजा पनि आवश्यक र उचितै मानिन्छ । तसर्थ आर्यसमाजीहरुको मूर्तिपूजालाई मान्दैनमान्ने कुरा पनि सनातनीहरुलाई स्वीकार्य छैन ।
चौबिसौँ सूत्रमा जल–स्थलादिलाई तीर्थ नमान्ने कुरा छ । सनातनी वैदिकहरुका धर्मका पनि पुष्कर, कुरुक्षेत्र, प्रयाग इत्यादि तीर्थको र सिन्धु, सरस्वती, यमुना, गङ्गा, गण्डकी, कावेरी, गोदावरी, नर्मदा इत्यादि नदीको तथा सिन्धुसागरसङ्गम, गङ्गासागरसङ्गम, रामेश्वर, द्वारका, पुरी, बद्री–केदार, काशी, गया इत्यादि स्थलको पनि उच्चै स्थान छ । तसर्थ आर्यसमाजीको जल–स्थलविशेषलाई तीर्थ मान्दै नमान्ने कुरा सनातनीहरुलाई मान्य छैन ।
तेइसौँ सूत्रमा भागवत समेत अग्निपुराण, कूर्मपुराण, गरुडपुराण, नारदीयपुराण, पद्मपुराण, ब्रह्मपुराण, ब्रह्माण्डपुराण इत्यादि पुराणलाई पुराण नै नमान्ने कुरा छ । आर्यसमाजीको यो कुरा पनि सनातनीका वैदिक धर्ममा श्रुति–स्मृति–पुराण मध्ये पुराण श्रुति र स्मृतिको अनुकूल र अविरोधी भए मात्र धर्ममा प्रमाण मानिने हँुदा कान्छै प्रमाण भए पनि अग्निपुराण इत्यादि पुराण पनि धर्ममा यथोचित रूपमा प्रमाण नै मानिने हँुदा पुराणलाई प्रमाण नै नमान्ने आर्यसमाजीका कुरा सनातनीका लागि अस्वीकार्य नै छ ।
आर्यसमाजीले शतपथब्राह्मण इत्यादि ब्राह्मण–ग्रन्थलाई, कात्यायनश्रौतसूत्र इत्यादि श्रौतसूत्र–ग्रन्थलाई र पारस्करगृह्यसूत्र इत्यादि गृह्यसूत्र–ग्रन्थहरुलाई पनि ठिक प्रकारले मान्यता दिँदैनन् । यस कुराका प्रमाणका लागि दयानन्द सरस्वतीबाट नै वि.सं. १९४० मा परिष्कृत गरिएको र उनले बनाएको भनिएको संस्कारविधि भन्ने ग्रन्थ हेरे हुन्छ । गर्भाधानादि संस्कारहरु आफ्ना – आफ्ना शाखाका गृह्यसूत्रअनुसार नै गर्ने सनातनी वैदिकहरुको अनादि परमपरा भएको र त्यसका लागि आफ्ना- आफ्ना छुट्टाछुट्टै गृह्यसूत्रहरु भएकामा दयानन्द सरस्वतीले अनेक गृह्यसूत्रहरुका विधिहरु छासमिस पारेर मनगडन्ते कुरा थपी संस्कारविधि बनाएकाले त्यो सनातनीहरुका लागि सर्वथा अग्राह्य रूपको भएको देखिन्छ । यस्ता अरु कुरा पनि छन् ।
माथिको विवरणबाट आर्यसमाजीले मूल वैदिक शास्त्रधर्मपरम्परामा तीव्र विद्रोह गरेको देखिन्छ । उक्त प्रकारले विद्रोह गरेकाले नै सनातनीहरुले आर्यसमाजीको तीव्र निन्दा र तिरस्कार गरेका हुन् भन्ने कुरा सबैले बुझ्नु उचित र आवश्यक छ ।
Discussion about this post