वि.सं.२०७१ साल पुस १० गते,बिहिबार,सन् २०१४ डिसेम्बर २५ तारिख,श्री शाके १९३६,नेपाल संवत् ११३५ पोहेलाथ्व,प्लवङ्ग संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,पौष शुक्लपक्ष चतुर्थी तिथि ,श्रवण नक्षत्र,आनन्दादिमा ध्वज योग,चन्द्रमा मकर राशिमा४:१० बजे उपरान्त कुम्भ राशिमा।नेपालमा सूर्योदय बिहान ६:५४ बजे, सूर्यास्त साँझ १७:१४ बजे र दिनमान २५ घडी ५० पला।
आजको वर्त/पर्व -क्रिसमस डे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारीवारिक सहयोग बढ्ने छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,गणेश भगवानको पुजा गर्नाले आजको दिन शुभ हुन्छ,आजको शुभ अंक ५ रहेको छ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चोटपटक को सम्भावना छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,साझपख सुधार हुनेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ४ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
आज कुनै अप्रत्याशित काम बन्ने योग छ,चोटपटकको सम्भावना छ,शुभ कुराको सङ्केत मिल्नेछ,अर्थलाभका अवसर आउने छन्,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ,आजको शुभ अंक ७ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ,आफन्त बाट धोका हुन् सक्छ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कनहुनेछ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,आजको शुभ अंक १ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,रोकियाका कामहरु बन्नेछ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि आजको दिन शुभ हुनेछ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ, टाढाको यात्रा सम्भावना छ,शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,चोटपटकको सम्भावना छ,जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ८ रहेको छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बोलीमा विचार पुराउनु होला,महत्वपूर्ण काममा ध्यान दिनु होला,आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको दिन तेती राम्रो छैन,आजको शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
उद्योग र व्यापारमा विशेष फाइदाको योग छ,पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक २ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,विश्वासको वातावरण बन्नेछ,माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ, परिवारमा खुशी छाउनेछ,रोकियका कामहरु बन्ने छन्,आजको शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, रोकियाका कामहरु बन्ने छन्,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ।
Discussion about this post