• हाम्रो बारेमा
  • सम्पर्क
  • मुख्य पेज
  • दैनिक राशिफल
    • साप्ताहिक रासिफल
    • मासिक राशिफल
    • वार्षिक राशिफल
    • लग्न र राशि बमोजिम तपाँइको स्वभाव र रुचि
  • ज्योतिष विज्ञान
    • वास्तु शास्त्र
    • ज्योतिषशास्त्रसम्वन्धी-लेखहरु
    • काल सर्प योग : मान्यता र सिद्धान्त
  • धर्म/दर्शन
    • वृहतगुरु गिता
    • श्रद्धाभक्ति
    • सातै दिनको ब्रतको महाम्य र ब्रतकथा
    • श्री दुर्गासप्तशती (चण्डि)
    • सनातन धर्मका संस्कारहरु
  • मन्त्रसाधना
  • विविध
    • बर्षभरिका एकादशिको महाम्य र ब्रतकथा
    • यस बर्षका महत्वपुर्ण चाडपर्व र दिनहरु
    • समयशुद्धि, बिवाह र ब्रतबन्धका योगहरु
  • ज्योतिषशास्त्र
  • भविष्यवाणी
  • स्वास्थ्य
No Result
View All Result
  • मुख्य पेज
  • दैनिक राशिफल
    • साप्ताहिक रासिफल
    • मासिक राशिफल
    • वार्षिक राशिफल
    • लग्न र राशि बमोजिम तपाँइको स्वभाव र रुचि
  • ज्योतिष विज्ञान
    • वास्तु शास्त्र
    • ज्योतिषशास्त्रसम्वन्धी-लेखहरु
    • काल सर्प योग : मान्यता र सिद्धान्त
  • धर्म/दर्शन
    • वृहतगुरु गिता
    • श्रद्धाभक्ति
    • सातै दिनको ब्रतको महाम्य र ब्रतकथा
    • श्री दुर्गासप्तशती (चण्डि)
    • सनातन धर्मका संस्कारहरु
  • मन्त्रसाधना
  • विविध
    • बर्षभरिका एकादशिको महाम्य र ब्रतकथा
    • यस बर्षका महत्वपुर्ण चाडपर्व र दिनहरु
    • समयशुद्धि, बिवाह र ब्रतबन्धका योगहरु
  • ज्योतिषशास्त्र
  • भविष्यवाणी
  • स्वास्थ्य
No Result
View All Result
DibyaJyotish (दिव्य ज्योतिष)
No Result
View All Result

साउन महिनको मासिक राशिफल

गुरु अदृश्य कृष्ण by गुरु अदृश्य कृष्ण
July 19, 2016
in मासिक राशिफल
दिव्य दैनिक राशिफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जय हिन्दु राष्ट नेपाल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गरिएला। सामाजिक प्रतिष्ठा पाइनेछ।आँखाको समस्याले पनि सताउन सक्छ। विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका पाइएला।पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। तर, यदाकदा दृष्टिभ्रममा परिएला।धनमाल हराउने, चोरिने वा ठगीमा परिने समेत ग्रहयोग छ, सचेत रहनुहोस्। तापनि, प्रयत्न गर्दा अप्ठ्यारा काम समेत सजिलै सम्पादन हुनेछन्। शत्रु परास्त हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिने समय छ।व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। पराक्रम बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्य भने केही कमजोर रहनेछ। कब्जियत र ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने समय छ।अनुसन्धानात्मक अध्ययनमा लाग्नेहरूलाई यो महिना फाइदाजनक रहनेछ। परिवारजनले साथ दिनेछन्।महत्वपूर्ण काममा अनायासै बाधा वा हस्तक्षेप हुने देखिन्छ, सचेत रहनुहोला। केही दण्ड–जरिवाना पनि सम्भावना छ। र, चोटपटक वा हाड–जोर्नीमा समस्या देखिएकाले सवारीसाधन वा हातहतियारको उपयोग गर्दा निकै सावधानी अपनाउनुपर्ला। सुरुमा मन्दी वा अभाव देखिए पनि दोस्रो साताबाट आर्थिक समस्या समाधान हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। स्थायी सम्पत्तिमा केही विवाद आउल। बन्धुबान्धवसँग अलि असमझदारी बढ्ने योग छ। गुरु तथा मान्यजनबाट पनि टाढिनुपर्ला।दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ।शारीरिक अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। हातमा आएका केही अवसर गुम्न सक्छन्। अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ।यो महिना मिश्रित फलदायी रहनेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। तर, ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले भने अलि सताउने देखिन्छ।विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला। हातबाट अवसर फुत्कन सक्छ। परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ। तपाईंको कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान्, सचेत रहनुहोला।भोगविलासमा मन रमाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ। दाजुभाइ, इष्टमित्र वा बन्धुबान्धवको सहयोगले शत्रुपक्षलाई तह लगाउन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। स्वास्थ्यमा भने पेटको समस्याले सताउन सक्छ, खानपानमा सजग रहनुहोला।पठनपाठनमा राम्रो उन्नति हुनेछ। सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन्।महत्वपूर्ण काममा ढिलासुस्ती र सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला। शारीरिक शिथिलता वा आलस्य बढ्नुका साथै उत्साहमा पनि कमी आउने देखिन्छ। प्रतिस्पर्धीहरूले तपाईंको ठाउँ ओगट्न सक्छन्, सचेत रहनुपर्ने बेला छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्।एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ। समाजमा कीर्ति बढ्ने काम पनि सम्पादन होला। प्रयत्न गर्दा कृषि र व्यापार–व्यवसायमा पनि राम्रै फाइदा उठाउन सकिनेछ। परिवारजनमा केही असमझदारी बढ्न सक्छ।चोटपटक वा ज्वरो जस्ता समस्याले यदाकदा सताउने देखिन्छ। आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। तापनि, प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ। भूमिबाट प्रशस्त फाइदा मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ। आर्थिक समस्या पनि समाधान हुनेछ।महिनाको दोस्रो साताबाट पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ। पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ, सचेत रहनुहोला।आत्मीय जनसँग भेटघाट हुनेछ। स्वास्थ्य सबल बन्नेछ र विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ। स्वास्थ्य सबल रहनेछ। सुखद समाचारले आनन्द पाइने योग छ। शत्रुहरूलाई दमन गर्न सकिनेछ। राजनीतिक पहुँच बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ। जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ।घरखर्च बढ्नुका साथै व्यापारमा अलि मन्दी आउने देखिन्छ। महत्वपूर्ण काममा केही व्यवधानहरू देखा पर्नेछन्।स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ। महिनाको दोस्रो साताबाट स्थितिमा सुधार आउनेछ। रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्। व्यापार—व्यवसायमा पनि लगानी बढाउन सकिनेछ। समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विशेष मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। तर पनि भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ।लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने देखिन्छ।दाजुभाइमा केही असमझदारी बढ्ने सम्भावना छ। समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला। यसले सामाजिक प्रतिष्ठा कमजोर बनाउन सक्छ, सचेत रहनुहोला।महिना निकै लाभदायक रहनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन्। तर, समयमा विचार नपुग्नाले मित्रजनबाट फाइदा उठाउन नसकिएला। आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने समय छ। लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला। कतिपय काममा गरिएको प्रयत्न व्यर्थ हुन सक्छ।यस महिनामा आर्थिक अभावले अलि सताउने योग छ।वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्ने समय छ। अनावश्यक दौडधुपमा समय बित्नेछ। ठूलो आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ।कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ।प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ। तर, उच्च महत्वाकांक्षाले केही अकल्पनीय नोक्सानीसमेत निम्त्याउन सक्छ, निकै सचेत रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सचेत रहनुहोला।तपाईंको प्रतिभाको धेरैले कदर गर्नेछन्। आफन्त तथा परिवारजनमा आत्मीयभाव बढ्नेछ। कीर्तिमानी काम सम्पादन हुन सक्छ। मानसम्मान पनि पाइएला। नोकरी र राजनीतिमा लाग्नेहरूलाई पनि फाइदाको वातावरण बन्नेछ।विशेष योजनाहरू गोप्य रहँदा फाइदा होला।व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ।घरमा मंगलमय कार्यहरू सम्पादन हुनेछन्। प्रशस्त धनलाभ हुनेछ। बहुमूल्य रत्नहरू संग्रह गर्न सकिनेछ। अधिकारीवर्गसँग भने असमझदारी बढ्नुका साथै हातमा आएका केही अवसर गुम्न सक्छन् ।

ShareTweetPin
Previous Post

दिव्य दैनिक राशिफल

Next Post

शास्त्र भन्छः दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ

गुरु अदृश्य कृष्ण

गुरु अदृश्य कृष्ण

आफ्ना भावी कठिनाई, दुःखकष्टलाई पहिल्यै जानेर त्यसको रोकथाम साथै त्यसबाट सावधान रहन र घर, अफिस,पसल तथा जग्गाको वास्तु स्थिति अवलोकन तथा तन्त्र,मन्त्र, यन्त्र ज्योतिष सेवा बाट कुनै पनि समस्या समाधान तथा परामर्शको लागि........!

Related Posts

फागुन महिनाको राशिफल
मासिक राशिफल

फागुन महिनाको राशिफल

February 13, 2017
श्रीस्वस्थानी
मासिक राशिफल

माघ महिनाको राशिफल

January 13, 2017
दिव्य दैनिक राशिफल
मासिक राशिफल

मार्ग महिनाको मासिक राशिफल

November 16, 2016
कार्तिक महिनाको राशिफल
मासिक राशिफल

कार्तिक महिनाको राशिफल

October 18, 2016
नामको आधारमा १२ राशीको जानकारी
मासिक राशिफल

पौष महिनाको राशिफल

December 14, 2014
Next Post
शास्त्र भन्छः दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ

शास्त्र भन्छः दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ

Discussion about this post

यि पनि हेर्नुहोस्

जया (भीमा) एकादशी व्रत

बुधबारको राशिफल

February 19, 2019
मंगलबारको राशिफल

मंगलबारको राशिफल

February 18, 2019
दिव्य दैनिक राशिफल

सोमबारको राशिफल

February 17, 2019
आइतबारको राशिफल

आइतबारको राशिफल

February 16, 2019
शनिबारको राशिफल

शनिबारको राशिफल

February 15, 2019
जया (भीमा) एकादशी व्रत

जया (भीमा) एकादशी व्रत

February 14, 2019

हामी फेसबुकमा

हामी गुगलमा

© 2018 Dibya Jyotish - Designed by Webpal Nepal.

No Result
View All Result

© 2018 Dibya Jyotish - Designed by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In