जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!!
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
उत्साहजनक समाचार सुन्न पाइनेछ,कामको दायित्व बढ्नेछ,केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ,जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ,कृषि,प्रेम र मित्रताको बन्धन कसिने बेला छ,प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ,परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ,धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ,मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिने सम्भावना छ,उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले भने सताउन सक्छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
प्रयत्न गर्दा रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ, रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ,काममा लगानी बढाउन सकिनेछ,सचेत रहनुहोला,टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ,काममा सहयोगीले साथ दिनेछन्,शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरमा मंगलमय कार्य सम्पादन हुनेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ,भौतिक साधन समेत जुट्ने समय छ,प्रयत्न गर्दा कृषि र व्यापार–व्यवसायमा पनि राम्रै फाइदा उठाउन सकिनेछ,विद्यामा कमजोरी र लेनदेनमा विवाद होला, एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मेहनतले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्,समाजमा कीर्ति बढ्ने काम पनि सम्पादन होला,खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ,भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला,लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्,नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने देखिन्छ,मान–सम्मान वा पद–प्रतिष्ठा पाइने समय छ,उद्योग–धन्दामा विशेष सफलता पाइनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने समय छ,कृषि तथा पशुधनबाट विशेष फाइदा पुग्नेछ,विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला,सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ,बन्धुबान्धव तथा गुरुजनबाट अलि टाढिनुपर्ला।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक असमझदारीले केही समस्या आउन सक्छन्,आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्न सक्छन्,दौडधुप र प्रयत्नले मात्र काम नबन्न सक्छ,ठूलो आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन्,सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,राम्रै फाइदाको योग छ,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,केही दण्ड–जरिवाना पनि सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आस मारेको काम बन्नाले उत्साह भने जाग्नेछ, महत्वपूर्ण काममा केही व्यवधानहरू देखा पर्नेछन्,घरखर्च बढ्नुका साथै व्यापारमा अलि मन्दी आउने देखिन्छ,नजिकका साथीभाइ टाढिनेछन् भने टाढाका साथीभाइसँग मित्रता बढ्नेछ,लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काममा चुनौती देखापर्न सक्छन्,धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ, सजग रहनुहोला,अवसरको खोजीमा दौडधुप गर्नुपर्ला,सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्, गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ,ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ, टाउको र आँखाको समस्याले दुःख दिन सक्छ,असमझदारी बढ्न सक्छ,आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्,काममा प्रतिस्पर्धीहरूले तपाईंको ठाउँ ओगट्ने चेष्टा गर्नेछन्।
Discussion about this post