जय गुरु देव !! नारायण !! जय भोले बाबा !! जय माँ दुर्गा !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर १६ गते,आइतबार,इश्वी सन् २०१८ डिसेम्बर २ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन, हेमन्त ऋतु, नेपाल संवत् ११३९ कछलागा,मार्ग कृष्णपक्ष, तिथि– दशमी, १५:४४ बजेउप्रान्त एकादशी, नक्षत्र– हस्त, २९:०४ बजेउप्रान्त चित्रा,योग– प्रीति, ८:२४ बजेदेखि आयुष्मान्, २९:५१ बजेउप्रान्त सौभाग्य,करण– भद्रा, १५:४४ बजेदेखि वव, २६:५५ बजेउप्रान्त वालव, आनन्दादिमा मानस योग, चन्द्रराशि– कन्या, सूर्योदय– ६:३९ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ०९ पला। व्रत/पर्व-गुह्येश्वरी यात्रा, सर्वार्थसिद्धि योग १५:४४ देखि २९:०४ बजेसम्म।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर १७ गते, सोमबार, इश्वी सन् २०१८ डिसेम्बर ३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ कछलागा,मार्ग कृष्णपक्ष,तिथि– एकादशी, १४:१२ बजेउप्रान्त द्वादशी,नक्षत्र– चित्रा, २८:२५ बजेउप्रान्त स्वाती,योग– सौभाग्य, २७:३४ बजेउप्रान्त शोभन,करण– वालव, १४:१२ बजेदेखि कौलव, २५:३४ बजेउप्रान्त तैतिल,आनन्दादिमा मुद्गर योग,चन्द्रराशि– कन्या, १६:४१ बजेउप्रान्त तुला,सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ०७ पला।व्रत/पर्व उत्पत्तिका एकादशी व्रत,विश्व अपाङ्ग दिवस।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विदेश यात्रा,सन्तान सुख बैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आजको शुभ अंक १० रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बिदेशसँग सम्बन्धित कार्य राम्रो हुनेछ,यदि कसैलाई धनसम्पति दिँदै हुनुहुन्छ भने नदिँदा नै राम्रो हुनेछ,प्रेम सम्बन्धमा सोचेभन्दा बढि सफलता मिल्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
कार्य असफल हुने देखिन्छ,लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ, आजको शुभ अंक ८ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिदेश जान चाहानेहरुको लागि आजको दिन राम्रो देखिन्छ,स्वास्थ्य पनि राम्रो रहनेछ,अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,दुर्घटनाको सम्भावाना रहेको छ,आजको शुभ अंक ८ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,व्यापार व्यवसाय राम्रो हुनेछ,प्रेम सम्बन्धमा सानो बाधा आउनसक्छ,बौद्धिक कार्यबाट हुने सफलता कायम रहनेछ,आजको शुभ अंक ७ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राति सुत्दा नराम्रो सपना देख्न सकिने हुँदा दक्षिण सिरानी गर्नुभयो भने राम्रो हुनेछ,फलदायी समय रहनेछ,सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ,आजको शुभ अंक १२ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
बिचार पुर्याउनुहोला,स्वास्थ्य पनि राम्रो हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा खराब बिचार आउनाले -विवाद बढ्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
कसैलाई धन दिनु पर्ने भयमा दुर्गा माता सम्झेर दिनु होला,प्रेम सम्बन्ध र बैबाहिक सम्बन्ध पनि राम्रो देखिन्छ,धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,आजको शुभ अंक १ रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभ कार्य आमा पिता नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ, धनसम्पति फस्नेखालको योग छ,खेलकुद र कलाकारीताको क्षेत्रमा सफलता हुने देखिन्छ,आजको शुभ अंक ३ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बैबाहिक सम्बन्धमा खासै राम्रो देखिदैन,आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना छ,भेटघाटमा भ्रमणको सम्भावना रहेको छ,गौरीशंकर रुद्राक्ष लगाउनु होला,आजको शुभ अंक ९ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सरकारी क्षेत्रमा केहि कुराको कोशिस गर्दै हुनुहुन्छ भने राम्रो हुने खालको योग छ,धनसम्पति लाभ हुने देखिन्छ,प्रेम सम्बन्ध र बैबाहिक राम्रो हुनेछ,आजको शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)
कुनै नकारात्मक चिजहरु हुँदैन,प्रेम सम्बन्धमा भने सानो बाधा आउन सक्ने देखिन्छ,आफन्त तथा साथि भाइ संग सहयोगको आदान प्रदान गरिनेछ,आजको शुभ अंक ११ रहेको छ।
Discussion about this post